काठमाडौं – ए डिभिजन लिग फुटबलमा आजदेखि नवौं चरणको प्रतिस्पर्धा शुरुहुँदै छ । आठौं चरणको खेल सकिँदा त्रिभुवन आर्मी १७ अंकसहित शीर्ष स्थानमा छ ।
आज नेपाल पुलिस र एपीएफ खेल्दै छन् । पुलिस ११ अंकसहित आठौं स्थानमा छ । तीन खेलमा जीत र २ खेलमा बराबरी गरेको छ । एपीएफ भने रेलिगेशनको खतरामा छ । पुलिस र एपीएफबीचको खेल मध्यान्ह १२ बजे दशरथ रंगशालामा हुने छ ।
अर्को खेलमा मछिन्द्र र थ्रीस्टार आमने सामने हुने छन् । मछिन्द्रले जारी लिगमा एक खेलमा मात्रै पराजय भोगेको छ । गत संस्करणमो पुछारबाट दोस्रो स्थानमा रहेकाले यस वर्ष एक अंक घटाउँदा उसको ५ खेलमा जीत र २ खेलमा बराबरीले १६ अंक रहेको छ । गत संस्करणको एक अंक नै मछिन्द्रमाथि ठूलो पर्ने सम्भावना पनि उत्तिकै रहेको छ ।
यसैगरी १४ अंक जोडेको थ्रीस्टार पनि मछिन्द्रविरुद्ध जीतसहित शीर्ष स्थानको आर्मीसँग अंक बराबरी गर्ने लक्ष्यमा हुने छ । सोमबारको खेलमा मछिन्द्र विजयी भए शीर्ष स्थानमा २ अंकले अग्रता लिने छ भने थ्रीस्टार विजयी भए उपाधि होड झनै रोमाञ्चित हुने छ । मछिन्द्र र थ्रीस्टारबीचको खेलमा दिउँसो ३ बजे रंगशालामा हुने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस