काठमाडौं सहिद स्मारक ए डिभिजन लिगमा आज आईतबार दुई खेल हुदैछ । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा भिड्नेछन् । दोस्रो खेलमा आर्मी र पुलिसले प्रतिस्पर्धा गर्नेछन् ।
दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । आज त्रिभूवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल हुँदै छ ।
त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो तीन बजे खेल हुनेछ ।
ए डिभिजन लिगको पहिलो उपाधि जित्ने दाउमा रहेको आर्मी अहिले २० अंक सहित दोस्रो स्थानमा छ । आजको खेलमा जित हात पारेमा आर्मी शीर्ष स्थानको मछिन्द्रलाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा फर्किनेछ । आजको बराबरी वा पराजय आर्मीका लागि निकै महँगो हुनेछ ।
आर्मीले नौ खेल खेल्दा ६ जित, दुई बराबरी र एक हारको नतिजा निकालेको छ ।
नेपाल पुलिस क्लब भने १४ अंक सहित छैटौं स्थानमा छ । पाँच पटकको च्याम्पियन पुलिसको लक्ष्य शीर्ष ६ भित्र रहने हो ।
पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लब प्रतिष्पर्धा गर्दैछन् । संकटा आठौं स्थानमा छ भने हिमालयन शेर्पा क्लबलाई रेलिगेसनको चरम दबाब छ । शेर्पाले नौ खेल खेल्दा एक जित र चार बराबरीका साथ सात अंक बनाएको छ । शेर्पा रेलिगेशन जोनभन्दा दुई अंकमात्र माथि छ । त्यसैले शेर्पा आजको खेलमा जित हात पार्दै सुरक्षित रहन चाहन्छ ।
गत संस्करणको उपविजेता संकटाले भने यो संस्करणमा औषत प्रदर्शन गरेको छ । उसले नौ खेलमा तीन जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ । १२ अंक सहित संकटा आठौं स्थानमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस