काठमाडौं – १९ वर्षमुनीको आईसीसी विश्वकप क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशले डिफेन्डिङ च्याम्पियन भारतलाई ३ विकेटले पराजित गरेको हो । भारतले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा पानी परेपछि बंगलादेशले नयाँ लक्ष्य पाएको थियो । ४६ ओभरमा १७० रनको नयाँ लक्ष्य बंगलादेशले ७ विकेट गुमाएर पुरा गरेको थियो ।
पहिलो विकेट ५० रन हुँदा गुमाएको बंगलादेशले ८५ रन जोड्दा ५ विकेट खेर फालेको थियो । बंगलादेशका पर्वेज हुसेन इमोनले सर्वाधिक ४७ रन बनाउँदा कप्तान अकबर अलिले नट आउट ४३ रन बनाए । तान्जित हसनले १७ रन जोडे ।
भारतका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । ओपनर एसस्वी जैसवालले ८८ रन बनाउँदा तिलक बर्माले ३८ तथा ध्रुब जुरेलले २२ रन बनाए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस