काठमाण्डौ- शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलविभागीय टोली त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३-० गोल अन्तरले पराजित गदै शीर्ष स्थानमा उक्लिएको हो।
आर्मीको जीतमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले १/१ गोल गरे। खेलको ५ औ मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई शुरुआती अग्रता दिलाए । यस गोलसँगै नेपाली राष्ट्रिय टोलीका ‘फरवार्ड’ समेत रहेका भरतले नेपाली फुटबलकै माथिल्लो श्रेणीको ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा गरेका छन्।
त्यसैगरी दोस्रो हाफको ५४ औँ मिनेटमा विकासले गोल गर्दै आर्मीलाई २-० को अग्रता दिलाए। त्यसपछि खेलको ७० औँ मिनेटमा टेकबहादुरले गोल गर्दै आर्मीलाई ३-० को सहज जीत दिलाए।
जितसँगै आर्मीले शीर्ष स्थानमा एक अङ्कको अग्रता बनाएको छ। आर्मीले १२ खेलमा २९ अङ्क जोडेको छ। त्यस्तै दोस्रो स्थानमा रहेको मच्छिन्द्रको २८ अङ्क रहेको छ। आठ अङ्क रहेको ब्रिगेड १२ औँ स्थानमा छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस