एजेन्सी – लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छ ।
एन्फिल्डमा भएको खेलमा लिभरपुलले रेलिगेसन जोनको वेस्टह्याम युनाइटेडलाई ३–२ गोलले हराएको हो ।
एक घण्टाको खेल सकिँदासम्म तीन–एकले पछि परेको लिभपुललाई मोहमद सलाह र साडियो मानेले गोल गर्दै उद्धार गरेका थिए ।
खेलको नवौँ मिनेटमा जर्जिन्हो विजनाल्डमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । तर त्यसको तीन मिनेटपछि नै इस्सा डिओपले हेडर गोल गर्दै खेल बराबरीमा पुर्याए ।
दोस्रो हाफाको नवौँ मिनेटमा पाब्लो फोर्नल्सले गोल गरेपछि लिभरपुलको २६ खेलको अपराजित यात्रामा पूर्णविराम लाग्ने सङ्केत देखिएको थियो ।तर ६८औँ मिनेटमा वेस्टह्यामका गोलकिपर फाविन्स्कीले रोक्न सक्ने बल पनि प्रयास नगरेपछि मोहमद सलाह गोल गर्न सफल भए ।
त्यसपछि खेल दुई–दुई गोलको बराबरीमा पुग्यो । ८१औँ मिनेटमा लिभरपुलले अर्को गोल गर्यो । यसपटक ट्रेन्ट अलेक्सान्दर आर्नोल्डको पासमा साडियो मानेले गोल गर्दै लिभरपुललाई जित दिलाए ।
जितसँगै लिभरपुलले प्रिमियर लिगमा ७९ अङ्क बनाएको छ । उसले दोस्रो स्थानको म्यान्चेस्टर सिटीलाई २२ अङ्कले पछि पारेको छ । लिग जित्नका लागि लिभरपुललाई अब चार जित पर्याप्त हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस