काठमाडौं – ‘स्टिम’ भनेको पानीको बाफबाट दिइने तातो हो भने ‘साउना’ भनेको सुक्खा तातो बाफ हो । यी दुवै विधि अन्तर्गत तापक्रम मिलाइएको कोठामा बस्दा शरीरबाट पसिना निस्कन थाल्छ । कुनै शारीरिक कसरत वा श्रम नगरी धेरै पसिना बग्छ । यसरी पसिना बग्दा शरीर स्वस्थ राख्न मद्दत पुग्छ।
स्टिम र साउना दुवैको आ–आफ्नो महत्व छ । साउनाको चलन सताब्दी देखिनै चलेको हो । विशेष गरी फिनल्यान्ड र युरोपेली देशमा यसको प्रचलन पाइन्छ।
अहिले अधिकांश देशमा स्टिम र साउनाको माग बढेको छ । स्टिम र साउनाले शरीरमा रगत सञ्चालनमा फाइदा गर्छ । तातोले नसा खुलाउने काम गर्छ र मुटुरोगीका लागि फाइदा पुग्छ । यसलाई हप्तामा १–२ पटक प्रयोग ग¥यो भने उच्च रक्तचाप भएकाहरुको रक्तचाप नियन्त्रण गर्न र तनाव घटाउन पद्दत मिल्छ।
वातावरणको धुलोधुँवाले गर्दा हामी थकित भएका गछौं । स्टिम र साउनामा आधा–एक घन्टा बसेपछि आनन्द महसुस हुन्छ । शरीरमा भएका विकार हटाउँछ र छालाका प्वालहरु खोलेर ‘फ्रेस’ बनाउँछ।
शरीरमा टाँसिएको धुलोधुँवाका कण स्टिम र साउना लिँदा आउने तातोले पसिनाका माध्यमबाट बाहिर निकालिदिन्छ । जसले छाला सफा हुन्छ र अनुहारमा भएका डन्डीफोर हटेर जान्छन्।
स्टिम र साउना बाथ लिँदा धेरै पसिना बग्ने हुँदा त्यसबेला १–२ लिटर नुन र कागती हालेर पानी पिउनुपर्छ।
स्टिम र साउना बाथ साना बच्चाहरु, गभवर्ती महिला र छारेरोग भएका मान्छेले गर्नु हुँदैन।
स्टिम र साउनाका फाइदा
– शरीरमा भएका बिकारलाई हटाउँछ,
– तनावबाट मुक्ति दिलाउँछ,
– छालामा जमेको फोहोर निकालेर सफा बनाउँछ,
– निरन्तरको स्टिम र साउनाले मोटोपना घटाउन मद्दत गर्छ,
– स्वस्थ रगत सञ्चालनमा मद्दत गर्छ,
– शरीरले आनन्द महसुस गर्छ, आदि ।
गर्मी मौसममा भन्दा जाडो मौसममा स्टिम र साउना बाथ लिनेहरु धेरै हुन्छन् । यसै पनि जाडो मौसममा तातो भएर बस्दा आनन्द आउँछ, त्यसमाथि शरीरलाई पनि फाइदा पुग्छ ।
गर्मी महिनामा पनि स्टिम र साउना लिने गरिन्छ । यसलाई शरीर तातो बनाउने उपायका रुपमा मात्र नभई शरीरबाट पसिना निकाली स्वस्थ रहने उपायका रुपमा लिनुपर्ने हुन्छ ।
स्टिम र साउनासँगै आयुर्वेदिक ट्रिटमेन्ट (मसाज, फेसियल आदि) गर्दा शरीरलाई धेरै फाइदा पुग्छ ।
बुढेसकाल लागेसँगै उठ्न र बस्न गाह्रो हुनेहरुले स्टिम र साउना लिदाँ उपयुक्त हुन्छ । जोर्नीहरु कडा भएर हिँडडुल गर्न गाह्रो हुनेहरुलाई स्टिम र साउना बाथले जोनीहरु खुकुलो बनाउन सहयोग गर्छ ।
नियमित जिम जान वा व्यायाम गर्न नसक्ने वा नभ्याउने मानिसका लागि शरीर स्वस्थ राख्न स्टिम र साउना बाथ राम्रो विकल्प हो । प्रसस्त पसिना निस्कने भएकाले यसले क्यालोरी बर्न गर्न मद्दत गर्छ ।
हामी हप्ताको दुई पटक स्टिम र साउना लिन सुझाव दिन्छौं । यस्तै, लामो समय तातोमा बस्न त्यति फाइदाजनक मानिदैन । त्यसैले ३० मिनेटदेखि १ घन्टासम्म बस्नु उपयुक्त मानिन्छ ।
स्टिम र साउना बाथ लिँदा सुक्खा छाला हुनेहरुले भने मोस्चराइजिङ क्रिमको प्रयोग गर्नु राम्रो हुन्छ । स्टिम र साउना लिने कोठाको तापक्रम ‘एक्सपर्ट’ ले सेट गरेका हुन्छन् । स्टिम र साउना लिँदा पनि एक्सपर्टले निगरानी गरिहरेका हुन्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस