काठमाडौं-उपत्यकाकै प्रसिद्ध कस्टुमाइज्ड उत्पादनहरु बनाउने पिन्चेस् आर्टकोरले दरबारमार्गको टाइमस् स्क्वायर मलमा आफ्नो दोस्रो आउटलेट संचालनमा ल्याएको छ ।
ग्राहकहरुको बढ्दो मागले गर्दा पिन्चेस् आर्टकोरलाई दरवारमार्गमा सेवा विस्तार गर्न उत्प्रेरित गरेको हो ।
पिन्चेस् आर्टकोरले ग्राहकहरुलाई विभिन्न कस्टुमाइज्ड उत्पादनहरु जस्तै कुसन, किरिङ ,कोस्टर, ब्राइड रोब, मग, टम्बलर, मोबाइल कभर, मोबाइल ग्रीप, नोटबुक, स्यास्, क्याउन नेम स्ट्यान्ड, बक्स लकेट, माउस प्याड, फोटो प्रप्, बुकमार्क लगायतका इच्छा अनुसारको आर्ट गरेर कस्टुमाइज्ड उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ ।
पिन्चेस् आर्टकोरका सीईओ श्रेय जोशीले भनिन्, ‘हामी दरबारमार्गमा नयाँ आउटलेट खोल्न पाउँदा अत्यन्तै खुसी छौं ।’ उनले थपिन ‘छोटो समयमै हामीलाई सफलता हासिल गर्न सहयोग पु¥याउनु हुने सम्पूर्ण ग्राहकहरुमा म आभार प्रकट गर्न चाहान्छु ।’
दोस्रो आउटलेट विस्तारसँगै ग्राहकलाई सहज सेवा दिने सीईओ जोशीको भनाइ छ | जोशीले भनिन् ‘हामीसम्म आईपुग्न कुनै कठिनाइको सामना गर्नुपर्ने छैन । हामी छिट्टै देशभरका मुख्य शहरहरुमा आउटलेटहरु विस्तार गर्ने योजनामा छौं । ‘
पिन्चेस् आर्टकोरले सन् २०१८, फेब्रअरी १ तारिकबाट बत्तिसपुतलीमा आउटलेट स्थापना गरेर सेवा पु¥याउदै आइरहेको छ ।
त्यसभन्दा पहिला यस आर्टकोरको संचालक श्रेय जोशी फ्रिल्यान्स आर्टिस्ट थिइन् र अर्डर अनुसार वाल आर्ट र ह्यान्ड पेन्टेड टिसट बनाउन गरेकी थिइन् । पिन्चेस् आर्टकोर युवा माझ नवीनतम डिजाइन र पर्सनलाइज्ड टचका लागि प्रसिद्ध मानिन्छ |
यस आउटलेटमा ग्राहकले आफ्नो प्रियजनको नाम लेखेर, फोटो राखेर वा अन्य कुनै तस्वीरहरु उच्च गुणस्तरीय कुसनको कभरमा भित्र आरामदायी सिरानी राखेर आफ्नै घरमा अर्डर गर्न सक्छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस