काठमाडौं– नेत्र विशेषज्ञ प्राडा सन्दुक रुइत तीन दिनयता अस्पतालमा छन् । अघिपछि पनि काम गर्ने र पढाउने अस्पताल होइन । डेंगुको संक्रमणले आफैं बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन् ।
उनलाई डेंगु पनि अस्पताल रहँदा भएको होइन । घरमै उनीसहित परिवारका तीन जनालाई डेंगुको संक्रमण हो ।
‘डेंगुको अवस्था भयावह भएको आयो’, उनले भने, ‘डेंगु फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी चलाउनढिला गरे झन् गाह्रो हुन्छ ।’
डेंगु संक्रमण हुने रुइत एक्ला चिकित्सक होइनन्, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका गरेर आइतबारसम्म १० स्वास्थ्यकर्मीमा डेंगु देखिएको हाे ।
यसअघि कृषिमन्त्री चक्रपाणि खनाललाई पनि डेंगु भएको समाचार बाहिर आएको थियो ।
डेंगुले सरकारी अस्पतालमा ठेलमठेल
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा.शेरबहादुर पुनलाई बिरामी जाँच्न भ्याइनभ्याइ छ। भन्छन्, ‘खाना खान पनि फुर्सद छैन ।’ उनी बिहान ९ बजे अस्पताल पुग्छन्।
डेंगुको शंका गर्दै जाँच गर्न आएका बिरामीको लाइन हुन्छ । उपचारमा संलग्न चिकित्सक पानी पिउनै नपाई जाँच्न व्यस्त हुन्छन्। ‘बिरामीलाई सोध्ने र उनीहरूका जिज्ञासा समाधान गर्दा नै मुख प्याकप्याक हुन्छ’, अर्का चिकित्सक भन्छन्।
भीडभाडले अस्पतालमा जात्रा लागेझैं देखिन्छ। ठेलमठेल हुन्छ । बिरामीको अनुहार निन्याउरो देखिन्छ। उनीहरूका आफन्त आक्रोशित भेटिन्छन्।
अस्पतालनजिकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिकट काउन्टरमा पनि यस्तै दृश्य देखिन्छ। डेंगुको आशंकामा रगत जँचाउने र रिपोर्ट लिनेको लाइन बिहानदेखि लागेको हुन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस