स्वास्थ्यको लागि स्याउ निकै लाभदायिक फल हो । जसको नियमित सेवनले हाम्रो शरीरलाई विभिन्न पोषक तत्वहरु उपलब्ध गराउँछ । नियमित स्याउको सेवनले हाम्रो शरीरलाई स्वस्थ राख्नुका साथै पाचन प्रणालीलाई दुरुस्त राख्छ ।
नियमित स्याउको सेवनले रोगप्रतिरोधक क्षमता बृद्धि गर्छ । बिहानको समयमा स्याउको सेवन गर्दा हाम्रो स्वास्थ्यलाई फइदा गर्छ । तर रातिको समयमा स्याउको सेवन गर्नु स्वास्थ्यको लागि लाभदायी मानिदैन । बिहान नियमित रुपमा स्याउको सेवन गर्दा हुन्छन् यस्ता फाइदा –
१- हड्डीलाई बलियो बनाउँछ स्याउमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । यसकारण प्रतिदिन स्याउको सेवन गर्दा या यसको जूस पिउँदा हड्डी बलियो हुन्छ । जो व्यक्तिको हड्डी बलियो हुन्छ, उसलाई थकान कम महसूस हुन्छ ।
२- पाचन प्रणाली दुरुस्त रहन्छः स्याउमा पाइने अल्कालिनिटी कलेजोलाई शरीरको शोधनमा मद्दत गर्छ । साथै स्याउको सेवनले शरीरमा रहेको पीएच को स्तरलाई पनि नियन्त्रित गर्छ । जसबाट व्यक्तिको पाचन प्रणाली दुरुस्त हुन्छ । पाचन प्रणाली बलियो हुँदा रोग सँग लड्ने क्षमता बढ्छ र स्वस्थ रहन्छ ।
३-पत्थरी हुनबाट बचाउँछः मृगौलामा हुने पत्थरीबाट बँच्नका लागि स्याउको सेवन लाभदायक रहन्छ । यदी तपाइलाई पत्थरी भइसकेको छ र तपाई प्रतिदिन स्याउ खानुहुन्छ भने तपाईलाई पत्थरीको कारण हुने दुखाईमा पनि आराम मिल्छ ।
४-अल्जाइमरबाट बचाउँछः अल्जाइमर मस्तिष्कसँग जोडिएको खतरनाक रोग हो । एक सोधमा पाइएको छ कि प्रत्येक बिहान स्याउको जूस पिउँदा अल्जाइमरको समस्याबाट जीवनभर बँच्न सकिन्छ । स्याउको सेवनले मस्तिष्कको कोशिकाको रक्षा हुन्छ, जसले अल्जाइमर हुने खतरा एकदम कम हुन्छ ।
५-दाँतलाई स्वस्थ राख्छः स्याउमा पाइने फाइबरले दाँतलाई स्वस्थ राख्न मद्दत गर्छ । स्याउको सेवनले ब्याक्टेरिया र भाइरसलाई नष्ट गर्छ । साथै स्याउको सेवनले मुखमा थूकको मात्रा बढाउँछ ।
६-मोटोपनलाई कम गर्छः मोटोपनाले ग्रसित व्यक्तिलाई विभिन्न किसिमको स्वास्थ्य समस्या देखापर्छ । स्याउमा पाइने फाइबरले मोटोपनलाई कम गर्नका लागि सहयोग गर्छ । जसबाट व्यक्ति खतरनाक रोगहरूको चपेटमा कम आउँछ ।
७-कब्जियतको समस्याबाट आराम मिल्छः यदी तपाई कब्जियत या ग्यास्ट्रिकको समस्याले पीडित हुनुहुन्छ भने स्याउको सेवन तपाईको लागि फाइदाजनक सावित हुन्छ । स्याउमा पाइने फाइबरले पेटको कब्जेतलाई बिस्तारै कम गर्छ । स्याउको मुरब्बा पनि कब्जियत रोगीको लागि लाभकारी हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस