काठमाण्डौ-हामी लगायत अधिकांश मानिसहरु कफिका पारखी नै हुन् भन्दा फरक नपर्ला । कफिसँग सम्बन्धित अनेकौँ अध्ययन भएका छन् । कसैले फाइदाका विषयमा अध्ययन गरेका छन् त कसैले बेफाइदाका विषयमा । जुन सुकै उद्धेश्यले होस्, कफि हालका मानिसहरुको चर्चामा आइरहन सफल विषय बनेको छ ।
‘नेचर साइन्टिफिक रिसर्च’ ले प्रकाशित समाचारमा कफि र नियमित अभ्यासको सम्बन्धलाई दर्शाउन खोजिएको छ । अध्ययनका अनुसार दैनिक कम्तिमा आधा घण्टा नियमित अभ्यास गर्नु र दैनिक चार पाँच कप कफि पिउनु उस्तै देखिएको छ ।
अध्ययनले जनाए अनुसार कफिको प्रयोगबाट विभिन्न साइड इफेक्ट्स्हरु हुन सक्ने तर नियमित गरिने अभ्यासमा कुनै किसिमको साइडइफेक्ट्स नरहेको पनि उल्लेख गरिएको छ ।
कफिको अधिक सेवनबाट निद्रा नपर्ने, टाउको दुख्ने, धड्कनको गति बढ्ने, अल्छिपना बढ्ने, पेट ढुस्स हुने, मांशपेशीमा समेत असर गर्ने लगायतका समस्या हुने तर नियमित व्यायामले ती सबै समस्याको समाधान गर्नुका साथै मानिसलाई स्फुर्ति राख्न समेत सघउनाले कफि भन्दा शारिरिक अभ्यासमा जोड दिन उनीहरुले सल्लाह दिएका छन् ।
तर कफि खाने लत त्याग्न भने त्यति सजिलो नभएको पनि अध्ययनकर्ताहरुले बताएका छन् । कफि छोड्दा ५० प्रतिशत भन्दा बढी मानिसहरुमा टाउको दुख्ने, मुड अफ हुने, थकान महसुस हुने नउजिया तथा दिमाग भारी हुने लगायतका समस्याहरु देखा पर्ने गरेको पनि उनीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस