नवलपरासी– पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१६ हकुइका ३५ वर्षीय एक युवकलाई परासी, बुटवल, चितवन र काठमाडौंका अस्पतालले भर्ना लिन नमानेपछि बिरामी अलपत्र परेका हुन् ।
कोरोनाको संक्रमण भएको आशंका गरिएका बिरामीलाई अस्पतालले भर्ना लिन नमानेपछि नवलपरासीमा बिरामी र उनको परिवार अलपत्र परेका हुन् ।
डाक्टरले समेत बिरामीलाई छुन नमानेपछि बिरामीका आफन्त आत्तिएका छन् ।
तीन दिनअघि खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आएका उनको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । बिरामी ट्रक चालक हुन् । सुरुमा खोकी र ज्वरो आएको उनलाई परासीको एक क्लिनिक पुर्याइएको र त्यहाँबाट पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पठाएपछि अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो ।
प्रादेशिक अस्पतालमा सामान्य चेकजाँच पछि त्यहाँका चिकित्सकले कोरोनाको आशंका गर्दै पुरानो मेडिकल कलेज चितवन पठाएकोमा कोरोनाको लक्षण भन्दै काठमाडौं पठाएको थियो ।
तीन दिनसम्म अस्पताल खोज्दै हिँडेका आफन्तले बिरामीलाई कलंकीको एक निजी अस्पतालमा पुर्याएका थिए ।
उक्त अस्पतालले टेकु अस्पताल पठाएपछि बिरामीका आफन्तले निको नहुने सोचले पुन हिजो परासी अस्पताल ल्याएका थिए ।
सरकारले हरेक अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरेको जनाए पनि बिरामीलाई त्यहाँ राखेर निगरानी गर्नुको सट्टा गैर जिम्मेवार तरिकाले रिफर गर्दै गएको बिरामीको आफन्तले आक्रोस पोखेका छन् ।
संक्रमितको उपचारमा संलग्न हुँदा लगाउनु पर्ने कपडा र अन्य सामाग्री नभएकाले रोग सर्न सक्ने कारण देखाउँदै डाक्टरले बिरामीलाई हेर्न नमानेको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस