गर्मी मौसममा तपाई हाम्रो करेसाबारीमा सहजै उपलव्ध हुने तरकारी हो लौका । लौका पहाड तथा तराइमा लहरामा फल्ने तरकारी हो ।
तरकारीको रुपमा त हामी यसको प्रयोग नियमित रुपमा गर्छौँ नै, त्यसका अलावा यसलाई जुस बनाएर पनि प्रयोग गर्ने गरिएको पाइन्छ । स्वाद त छदैछ, स्वास्थ्यका दृष्टीकोणले पनि यो तरकारी बहुगुणी छ । आउनुस्, जानौँ लौकाका अलौकिक फाइदाहरु
१- नियमित रुपमा लौकाको तरकारी वा जुस बनाएर एक गिलास पिउने गर्नाले कपाल सेतो अर्थात् कपाल फुल्नबाट रोक्छ ।
२- लौकामा रहेको न्यूटेशनले शरीरमा शक्ति पैदा गर्नुका साथै मानसिक तनाव कम गर्न मद्दत गर्छ ।
३- लौकाको सेवनले शरीरको तौल घटाउन मद्दत गर्छ । यसमा ९६ प्रतिशत पानीको मात्रा हुन्छ र प्रशस्त मात्रामा फाइबर हुन्छ जसले भोक लाग्बाट रोक्छ ।
४-कब्जियत तथा एसिडिटी भएका ब्यक्तिहरुका लागि लौकाको जुसले निकै फाइदा गर्छ किनकी यसमा फाइबर हुन्छ जसले पेट सफा गर्न मद्दत गर्छ ।
५-लौकाको नियमित सेवनले त्वचालाई सुन्दर र कोमल बनाउँछ । साथै पटक पटक गर्भपतन हुने महिलाहरुले लौकाको रस तथा तरकारीका रुपमा अवश्य खान आवश्यक हुन्छ । यसले गर्भाशय मजवुत भई गर्भपतन हुने समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।
६-यसको सेवनले शरीरमा कोलेस्टेरोलको मात्रा कम गर्नुका साथै यसमा हुने भिटामिन सी र एन्टी अक्सिडेन्ट नामक तत्वले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।
७-लौको जुस एक दिनमा एक गिलास सेवन गर्नाले उच्च रक्तचाप सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस