काठमाडौं – शनिबार नेपाल चलचित्र कलाकार संघको सकृयतामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी बानेश्वर उपशाखा, नेपाल चलचित्र कलाकार संघ, गंगादेवी चुचोल टोलसुधार समिति शंखमुल तथा नेपाल चलचित्र नृत्य संघको संयुक्त आयोजना रहेको उक्त कार्यक्रममा ८१ पाउण्ड रगत संकलन भएको जानकारी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबीन्द्र खडकाले गराएका छन् ।
कार्यक्रममा नेपाल चलचित्र कलाकार संघको तर्फबाट अध्यक्ष रबीन्द्र खडका, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, महासचिव चेतबहादुर सिंह, कोषाध्यक्ष सुनिल कटुवाल, सदस्यहरु रामेश्वर वुर्लाकोटी, गोपाल ढकाल छन्दे, कलाकार भगवती खड्का लगायत कलाकारहरुको उत्साहजनक सहभागीता रहेको थियो ।
यो विषम परिस्थितीमा तपाईं हाम्रो एक पाउण्ड रगतले कसैको जीवन बाँच्न सक्छ भने मानव जीवन रक्षार्थ पनि हामीले पहल गर्ने पर्छ भन्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको, आयोजक मध्येको एक संस्था नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले जानकारी गराए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस