सोल – दक्षिण कोरियाली औषधी उत्पादकहरु हाल कोरोना विरुद्धको खोप निर्माणमा सक्रिय देखिएका छन् । दक्षिण कोरियाली औषधी सुरक्षा विभागका अनुसार कैयौँ औषधि उत्पादक कम्पनिहरुले कोरोना भाइरस विरुद्धको खोप निर्माणका लागि स्विकृति पाइसकेका छन् ।
देशको प्रमुख औषधी उत्पादक कम्पनि सेल्ट्रियनले प्रारम्भिक चरणको परिक्षण सम्पन्न गरि हाल दोश्रो र तेश्रो चरणको परिक्षण गरिरहेको छ । सीटीपी – ५९ नामक उक्त खोपको पहिलो चरणको परिक्षण ३२ जना स्वस्थ मानिसमा गरिएको र उनीहरुमा कुनै प्रकारको साइड इफेक्ट नदेखिएको कम्पनिले बताएको छ ।
सामान्य तथा जटिल लक्षण सहितका कोरोना संक्रमणका ३०० जनामा दोश्रो चरणको परिक्षण भइरहेको कम्पनिले जनाएको छ । उनीहरुमा गरिएको परिक्षणले औषधीको विश्वसनीयता तथा सुरक्षाबारे थप ढुक्क हुन सकिने कम्पनिले बताएको छ ।
तेश्रो चरणको परिक्षण ७२० जनामा गरिने कम्पनिले जनाएको छ । कम्पनिले परिक्षणका लागि अमेरिका, रोमानिया तथा अन्य ३ वटा देशहरुसँग अनुमति मागेको औषधी सुरक्षा विभागले जनाएको छ ।
अर्को औषधी उत्पादक बायोनियर पनि कोरोना विरुद्धको खोप निर्माणमा जुटेको छ । आगामी बर्षको सुरुबाट परिक्षण सुरु गर्ने कम्पनिले जनाएको छ । आरएनए उपचार पद्दतिबाट उपचार गरिने उक्त औषधी दक्षिण कोरियाले आशा गरेका औषधीहरु मध्ये एक हो ।
एसके बायोसाइन्स कम्पनि पनि कोरोना भाइरस विरुद्धको खोप निर्माणको दौडमा रहेको छ । यही महिनाको सुरुबाट पहिलो चरणको परिक्षण सुरु गर्ने लक्ष लिएको कम्पनिले सरकारबाट अनुदान समेत प्राप्त गरेको छ । कम्पनिले हालै ब्रिटिस-स्विस औषधी निर्माता कम्पनि आष्ट्राजेनेकासँग सहकार्य समेत गर्ने सम्झौता गरेको छ ।
दक्षिण कोरियाली सरकारले कोरोना भाइरस विरुद्धको औषधी निर्माणका लागि औषधी उत्पादक कम्पनिहरुलाई ९२ बिलियन वोन बराबरको साहायता उपलब्ध गराएको छ भने आगामी बर्ष उक्त साहायता रकमलाई बढाएर २६०.४ बिलियन वोन पुर्याउने सरकारी अधिकारीहरुले बताएका छन् ।
दक्षिण कोरियामा हाल १५ वटा औषधी उत्पादक कम्पनिहरु कोरोना भाइरस विरुद्धको खोप उत्पादनको परिक्षण चरणमा पुगिसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस