काठमाडौँ- विस्तारै गर्मी मौसम जाडो तर्फ बदलिने क्रम जारी छ । जाडो मौसमको सुरुवातसँगै हामीमा एउटा प्रमुख समस्या आउछ, त्यो हो—शरिरको प्रतिरक्षा प्रणाली कसरी बलियो बनाउने । हाल कोरोना संक्रमणको बेलामा त झन प्रतिरक्षा प्रणाली शसक्त हुन झनै जरुरी छ ।
ऋतुहरुमा आउने परिवर्तनसँगै वातावरणमा समेत परिवर्तन आउछ जसले तापक्रम लगायतका विविध कुराहरुमा परिवर्तन आउछ । यसको प्रत्यक्ष प्रभाव मानव शरीरमा समेत पर्दछ । मानव शरिरको तापक्रम स्थिर रहन खोज्दछ र वातावरण परिवर्तनसँगै समायोजन हुन कोशिस गर्दा शरिरमा भएका प्रतिरक्षा प्रणालीमा हलचल उत्पन्न हुन्छ ।
दक्षिण कोरियाको ख्यंगी विश्वविद्यालय अस्पतालका बरिष्ठ डाक्टर प्रा. चोई चियो वुङका अनुसार मानव शरिरले सकेसम्म आफ्नो भित्रि तापक्रमलाई परिवर्तन गर्न चाहादैन । त्यही कारणले शरिरले शरिर भित्र भएका प्रतिरक्षा प्रणालीहरुको सहयोगमा आफ्नो तापक्रम स्थिर राख्न खोज्दा प्रतिरक्षा प्रणाली कमजोर बन्दछ ।
तापक्रमका कारण शरिरको पाचन प्रकृयामा समेत प्रभाव गर्ने प्रा. डा. ली डुक छलले बताएका छन् । उनका अनुसार हरेक १ डिग्री सेल्सीयस तापक्रम बृद्धिसँगै ०.५८ प्रतिशत मृत्यु जोखिम बढ्ने उनले बताएका छन् । यो रिपोर्ट सोल राष्ट्रिय विश्वविद्यालय अस्पतालले गरेको अनुसन्धानबाट प्राप्त गरिएको उनले बताएका छन् ।
तापक्रममा उत्पन्न हुने हलचलको प्रभाव ६५ बर्ष भन्दा माथिका मानिसमा बढी पर्ने भएका कारण उनीहरुको मृत्युदर समेत बढी भएको उनले बताएका छन् । जाडो मौसममा स्वासप्रश्वासमा समस्या आउँदा उनीहरुको प्रतिरक्षा प्रणाली कमजोर भई मृत्युदर उच्च भएको अनुसन्धान रिपोर्टले बताएको छलले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस