मुग्लिन- चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिकाका कुनै पनि बिरामीलाई अब निःशुल्क रगत उपलब्ध गराउने भएको छ । इच्छाकामना गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी चितवनबीच गाउँपालिकाका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सोसम्बन्धी दुवै संस्थाबीच सम्झौता भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार अबदेखि इच्छाकामनाका नागरिकले रगतका लागि कुनै पनि शुल्क तिर्नुपर्ने छैन । सम्झौताअनुसार यो सुविधा लिनको लागि इच्छाकामना गाउँपालिकाको स्थायी बासिन्दा भएको परिचयपत्र वा सिफारिसपत्रको प्रतिलिपि भने बुझाउनुपर्नेछ । यस्तै गाउँपालिकामा कार्यरत गाउँपालिकाभन्दा बाहिर स्थायी ठेगाना भएका कर्मचारीले पनि परिचयपत्र देखाएर यो सुविधा लिन पाउने छन् । सम्झौतामा उल्लेख भएअनुसार बिरामीलाई रेडक्रसले उपलब्ध गराएको निःशुल्क रगतको पैसा गाउँपालिकाले भुक्तानी गर्नेछ । योसँगै नागरिकको उपचारमा अझ सहज हुने अपेक्षा लिएको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो ।
गाउँपालिकाले सबै दुर्गमका बासिन्दालाई पनि स्वास्थ्यको पहुँचमा पु¥याएको अध्यक्ष गुरुङले बताउनुभयो । हाल पालिकाका सबै वडामा स्वास्थ्य संस्था स्थापना गरी स्वास्थ्य सेवा दिइरहेको उहाँले बताउनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस