डडेल्धुरा- डडेल्धुरा अस्पतालमा अक्सिजन प्लान्ट जडान तीव्र रूपमा भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा संघीय सरकारमातहतको एक मात्र यो अस्पतालमा दोस्रो लहरको कोरोना महामारीमा अक्सिजनको चरम अभाव भएको थियो ।
अस्पतालले अब दैनिक दुई सय सिलिन्डर भर्न सकिने प्लान्ट जडान गरिहेको छ ।
कोरोना महामारीको दोस्रो लहरमा अक्सिजन अभावकै कारण यहाँ पनि धेरैले ज्यान गुमाएका थिए। सरकारले अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि ४ करोड रुपैयाँ उपलब्ध गराएको थियो । अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले सोही रकम पाएपछि अक्सिजन प्लान्ट जडानको काम भइरहेको जानकारी दिएका छन् ।
उनले भने, “नेपाल सरकारले संघीय अस्पताललाई प्लाट जडान गर्न ४ करोड दिएको थियो त्यसबाट जडानको काम अन्तिममा पुगेको छ।” डडेल्धुरा अस्पतालमा रहेको पुरानो अक्सिजन प्लान्टको क्षमता दैनिक २७ सिलिण्डर भर्ने रहेको थियो ।
हाल जडान भइरहेको अक्सिजन प्लान्टको क्षमता दैनिक २ सय सिलिन्डरभन्दा बढी रहेकोले डडेल्धुरा अस्पतालमा मात्रै नभई सुदूरपश्चिमभरि नै अक्सिजन अभाव नहुने भएपछि यहाँका नागरिक हर्षित छन् ।
अमरगढी नगरपालिका–५ का स्थानीय राजेन्द्र मगरले अब अक्सिजनको अभावमा यहाँका नागरिकले अकालमै ज्यान गुमाउनुनपर्ने बताए। उनले भने, “कोरोना महामारीमा अक्सिजन अभावले समस्या भएको थियो, घर नजिकको अस्पतालमा अक्सिजन छैन भने कहाँ जाने होला भन्ने तनाव थियो । अब भने ढुक्क भएका छौं।
डडेल्धुरासहितका अन्य जिल्लाका नागरिकले पनि अक्सिनको अभावमा तड्पिनुपदैन होला ।”
गत असार मसान्तसम्म अक्सिजन प्लान्ट जडानको काम सक्ने गरी सम्झौता भएको भए पनि नेपाल सरकारले नै सम्झौताको म्याद थप गर्दा केही ढिलाइ भएको छ । साउन महिनाभित्र मेसिन जडानको सम्पूर्ण काम सम्पन्न गरी भदौ महिनाबाट अक्सिजन उत्पादन गर्ने निर्माण कम्पनीको दाबी छ ।
तेस्रो लहरमा अक्सिजन अभावको समस्या आउन नदिन प्लान्ट निर्माण छिटो गर्न यहाँका जनप्रतिनिधिहरू पनि दबाव दिइरहेका छन् । अमरगढी-५ का वडाध्यक्ष खेमराज पाठकले भने, “छिटो निर्माण तथा जडान गर्ने निर्माण स्थलमै दिनकै ३/४ पटक पुग्छु। छिटो निर्माण हुनेमा आशावादी छु, हुनुपनि पर्छ।”
नेपाल सरकारले डडेल्धुरा अस्पतालका लागि आइसियु, भेन्टिलेटर र अक्सिजन ट्यांक निर्माणका लागि ६ करोड ८० लाख, एचडियु स्थापनाका लागि ३ करोड १२ लाख ७० हजार र अक्सिजन प्लान्ट निर्माणका लागि ४ करोड रकम विनियोजन गरेको थियो ।
अक्सिजन प्लान्ट जडानको काम अन्तिम चरणमा पुगेको र अक्सिजन ट्यांकी पनि खरिद गरेर अस्पतालमा राखिनुका साथै आईसीयू, एचडियु स्थापनाको काम पनि सुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा जगदीशचन्द्र विष्टले बताए । तेस्रो लहर आउनुअघि नै सबै जडान कार्य सकेर संचालनमा ल्याइने उनको दाबी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस