जुम्ला- कर्णालीलाई गरिबी, अशिक्षा, रोग र भोगको पर्यायका रुपमा लिने गरेको पाइन्छ । कर्णालीको जुम्ला भन्नासाथ पिछडिएको ठाउँ, अशिक्षा गरिबी नपढेका मान्छे बस्ने ठाउँ हो भन्ने बुझिन्छ । सधैँभरी खान नपुग्ने र गरिबहरूको ठाउँ भनेर चिनिन्छ । तर, पछिल्लो समय जुम्लाले आफ्नो परिचय बदल्दै गएको छ ।
जसको उदाहरण हो, जुम्ला खलंगामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जहाँ सेतोकोट लगाएका मानिस हिँड्ने गर्दछन् । जुम्लाले अब सेतो हिउँमा सेतै एप्रोनधारी डाक्टर उत्पादन गर्ने सपना पूरा गरेको छ ।
चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि २० कोटा छुट्याइएकोमा १९ जना भर्ना भएको छन् भने बी फर्ममा २० कोटा निर्धारण भएको ११ जना, बीएनएसतर्फ १६ जना, बीएमएस तर्फ आठ र बीपीएच तर्फ ६ जना विद्यार्थी भर्ना भएका छन् ।
हेलिकोप्टरबाट आइतबार बिहान ११ः२० बजे जुम्ला आइपुगेकी राष्ट्रपति भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम शुभारम्भ गरेकी छन् ।
योसँगै अब विगतमा डाक्टर खोजीखोजी उपचार गर्ने कर्णालीका नागरिकले सेता एप्रोनधारी डाक्टर रोजी रोजी उपचार गर्ने अवसर पाउने भएका छन् । यसअघि रोगी बिरामी पठाउने जुम्लाले अब देशभर उपचारका लागि डाक्टर पठाउने हैसियदमा आफूलाई उभ्याउने बाटोमा हिँडेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस