तनहुँ- तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढेका छन् । उक्त अस्पतालले दिएको जानकारीअनुसार मौसमी रुघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगायका बिरामीको सङ्ख्या बढ्दै गएको हो ।
उपचारका लागि अस्पताल आउने बिरामीमध्ये अधिकांश रुघाखोकी र ज्वरोका विरामी आएका अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा दिवस ढकालले जानकारी दिए । दिनमा झण्डै तीन सयको हाराहारीमा बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन् । उनले भने, “उपचारमा आएका बिरामीमध्ये करिब चालीस प्रतिशत रुघाखोकी र ज्वरोका बिरामी रहेका छन् ।”
सङ्क्रमणजन्य रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्नसक्ने भएकाले सुरक्षित हुन होम आइसोलेशनमा बस्न र खानपानमा ध्यान दिन सुझाव दिइएको उनले बताए । उपचारमा संलग्न चिकित्सकले लक्षणका आधारमा बिरामीलाई औषधि लेखिदिने गरेका छन् । मौसमी रुघाखोकी लागेका व्यक्तिलाई निको हुनका लागि एक हप्तादेखि दुई हप्तासम्म लाग्नसक्ने चिकित्सक बताउँछन् ।
टाइफाइड र निमोनियाका लागि भने एन्टिबायोटिक औषधि चलाउनुपर्ने अवस्था रहेको डा.ढकालले बताए । कोभिड जस्तै सर्ने रोग भएकाले बिरामीलाई घरमै सुरक्षित र आराम गरेर बस्न आग्रह गरिएको छ । त्यसैगरी टाइफाइड रोग खानेपानी र खानाबाट सर्ने भएकाले सफा पानी पिउन र स्वस्थ्यकर खाना खान बिरामीलाई सुझाव दिइएको छ ।
बालबालिकामा निमोनियाको समस्या देखिएको छ भने युवा र उमेर बढी भएका मानिसमा टाइफाइडको समस्या पनि उत्तिकै रहेको छ । उपचारका लागि आएका बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था भने नआएको सो अस्पतालले जनाएको छ । त्यसैगरी जिल्लाका अन्य मेडिकल क्लिनिकमा पनि यस्ता बिरामीको चाप बढ्दै गएको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस