कास्की-पर्यटकीयस्थल पोखरामा अङ्ग्रेजी नयाँ वर्ष २०२० को स्वागतका लागि व्यापकरूपमा तयारी गरिएको छ। पोखराको लेकसाइड बाह्य र आन्तरिक पर्यकटले भरिभराउ रहेको छ। मङ्गलबार मध्यरातमा १२ बजे नयाँ वर्षको शुभारम्भको अवसरमा आयोजित समारोहलाई अवलोकन गर्नका लागि पर्यटकको आगमनमा बृद्दि भएको हो।
सोही अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएशनद्वारा आयोजित २१ औँ सडक महोत्सवस्थलमा चहलपहल बढेको छ। सन् २०१९ को बिदाइका साथै सन् २०२० को स्वागत नाचगान र एकअर्कालाई नयाँ वर्षको शुभकामनाको आदान-प्रदान गरी मनाइएको छ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ मूल नारासाथ २१ वर्षदेखि मनाइँदै आएको सडक महोत्सवको अवसरमा पर्यटकका लागि विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। सांस्कृतिक कार्यक्रम हेर्नका लागि चार ठाउँमा मञ्च निर्माण गरिएको थियो।
नयाँ वर्ष आगमनको सुखद् अवसरमा विभिन्न कलाकारद्वारा लोकदोहरी र ब्याण्डको प्रस्तुति रहेको थियो। लेकसाइडमार्गमा पर्ने सडकहरुमा बेलुकीको समयमा घुइँचो अत्यधिक बढेको थियो।
लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रलाई सिङ्गारिएको छ। अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सवको अवधिभर १०० भन्दा बढी रेष्टुरेन्टबाट सेवा लिने व्यवस्था रहेको छ। महोत्सवको मुख्य आकर्षणमा पारम्परिक भेषभूषामा सांस्कृतिक कार्यक्रम, नेपालका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रियस्तरका खानाका परिकार र विभिन्न प्रकारका वृत्तचित्र प्रदर्शनी रहेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस