बेँसीशहर-विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्नपूर्ण पदमार्ग सुनसानजस्तै बनेको छ। लमजुङको सदरमुकाम बेँसीशहरदेखि शुरु हुने चक्रीय अन्नपूर्ण पदमार्ग कास्कीको पोखरा पुगेर समाप्त हुन्छ। विगत वर्षहरुमा विदेशी पर्यटकको लर्को लाग्ने यो समयमा अहिले पर्यटक देख्नै रहर भएको छ। लमजुङ बेँसीशहर हुदै खुदीभुलभुले, बाहुनडाँडा, जगतच्याम्चे, जगत भएर पर्यटक मनाङ आउने क्रम ठप्प भएको छ।
पर्यटनकै भरमा रहेका पर्यटन व्यवसायी र होटल व्यवसायी पर्यटन नआउँदा निराश भएका छन्। पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार गत वर्ष यो समयमा होटलका कोठाले नपुगेर टेन्टमा पर्यटक राख्नुपरेको थियो, अहिले सबै खाली नै छन्। त्यस्तै गुनासो अधिकांश होटल व्यवसायीको छ।
कहिले हिमपात त कहिले महामारी रोगले यो पदमार्गमा आउने पर्यटक दिनानुदिन घट्दै गएको होटल व्यवसायी मिङ्मर लामाले बताए। लामाका अनुसार दुईचार दिन अगाडि एकदुई पर्यटक देखिए पनि अहिले भने सुनसान नै भएको छ। “पर्यटक आउनुभन्दा पनि रोग सर्ला कि भन्ने डरले सताएको छ।”लामाले भन्नुभयो।
जिल्ला प्रशासन कार्यालय मनाङले विदेशी पर्यटकसँग सचेत रहन र कोरोना भाइरसका बारेमा सतर्क रहन आग्रह गरेको छ। त्यस्तै अन्नपूर्ण संरक्षण क्षेत्र मनाङले पनि पर्यटकीय क्षेत्रमा आउने विदेशी पर्यटकसँग सचेत रहन आग्रह गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस