काठमाडौँ – राजधानी काठमाडौँबाट नजिकको सिमरा विमानस्थलमा अब एटीआर–७२, ५०० सिरिजको जहाजबाट उडान हुने भएको छ । निजी क्षेत्रको अग्रणी वायु सेवाप्रदायक कम्पनी बुद्ध एयरले सिमरामा एटीआर जहाजको परीक्षण उडान गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा सिमरा विमानस्थलमा एटीआर जहाजको सफल परीक्षण उडान गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
काठमाडौँबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर गत बुधबार बुद्धएयरको उक्त जहाजले दक्षिण र उत्तर गरी दुवैतर्फबाट उडान तथा अवतरण गरेको छ । प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गर्दै जहाजको परीक्षण उडान गरिएको कम्पनीले जनाएको छ । यसअघि बुद्धका एटीआर ४२–३२० सिरिज र बीचक्राफ्ट १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेका थिए ।
नेपालमा बन्दाबन्दी शुरु ९गत चैत ११ गते० हुनुअघि दैनिक नौवटा तालिकाबाट नियमित उडान गर्दै आएको बुद्धले आगामी भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआरले उडान भर्ने योजना बनाएको छ । नेपालकै सबैभन्दा पुरानो र व्यस्त सिमरा विमानस्थलको लम्बाइ एक हजार १९० मिटर छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौँ छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैँ भीडभाड हुने गर्छ ।
बुद्धएयरसँग आठ एटीआर–७२, तीन एटीआर–४२ र दुई बीचक्राफ्ट १९०० ‘डी’ गरी १३ जहाज छन् । भदौ १ देखि हुने व्यावसायिक उडानका लागि बुद्ध एयरले सङ्क्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकिएको जनाएको छ । यात्रुको दोहोरो तापक्रम जाँच, ह्याण्ड स्यानेटाइज, फेसमास्क र फेशशिल्डको अनिवार्य प्रयोग लागू गरेको छ । यस्तै प्रत्येक उडानपछि जहाज र लगेज ट्रलीको सङ्क्रमणरहित सरसफाइ गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस