गण्डकी – नेपाल टुर्स एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले पर्यटन व्यवसायीका लागि चिनियाँ भाषा तालीम शुरु गरेको छ ।
नेपाल आउने चिनियाँ पर्यटकसँग सामान्य बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले एक महिने आधारभूत चिनियाँ भाषा तालीम सञ्चालन गरिएको नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरीले जानकारी दिएकी छन् । तालीममा ४२ पर्यटन व्यवसायी सहभागी छन् । तालीमको सोमबार आयोजित शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुनः स्थापित गर्नु अहिलेको आवश्यकता भएको बताइन् ।
नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटन चाँडै नै पूर्ववत् अवस्थामा फर्कने विश्वास व्यक्त गर्दै यो तालीम बहुउपयोगी बन्ने बताएका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोनाले शिथिल पर्यटन गतिविधिलाई चलायमान बनाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम गरिएको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस