काठमाडौँ – भारतको राजस्थानस्थित भरतपुरमा हालै अचानक आकासबाट माछा खस्न थाले । आकाशबाट माछा वषिर्न थालेपछि मानीहरुमा हगामा मच्चिन थाल्यो । मानिसहरुले सुरुमा त केही मेसो पाएनन् । तर पछि चाल पाए की आकाशबाटै वर्षाको पानीसँगै माछाको पनि वर्षा भएको रहेछ ।
भरतपुर जिल्लाको रुपबास इलाकामा बिहिबार राति भएको वर्षाका क्रममा आकासबाट माछा पनि झर्न थाले । मानिसहरुले आफ्नो घरको छानोमा पनि केही खसेको आवाज सुने । पछि हेर्दा त आफ्नो आँगन, छत तथा सडकमा समेत माछाको विस्कुन देखियो ।
यद्यपि आकासबाट माछा खसेको यो पहिलोपटक होइन । यसअघि पनि कैयन् ठाउँमा यसरी वर्षाको पानीसँगै माछा खसेको घटना सार्वजनिक भएको थियो । मुम्बइ पूणे राजमार्ग तथा आन्ध्रप्रदेशमा पनि यस्तै घटना भएको थियो ।
तर वैज्ञानिकहरुले भने यस्तो घटनालाई सामान्य रुपमा लिन्छन् । समुद्रमा आउने तिव्र गतिको तुफानका क्रममा उक्त तिव्र गतिको हावाले समुद्रमा भएका माछा तथा अन्य जिवहरुलाई उडाएर लैजान्छ । हावाको गति कम नहुन्जेलसम्म ती जिवहरु आकाशमै तैरिन्छन् । हावाको गति कम भएसँगै भने माछा तथा अन्य जिवहरु जमिनमा खस्दछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस