सोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र कार्यक्रमका कारण एउटा ठूलो द्वन्द्व निम्तनसक्ने चेतावनी पुन: दिएका छन्।
उनले कूटनीतिक माध्यमबाट उत्तर कोरियासँगको विवादको हल गर्न चाहेको तर त्यसरी समाधान खोज्नु एकदमै कठीन भएको बताए।
यसअघि अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले अर्को परमाणु क्षेप्यास्त्र परीक्षण गरे उत्तर कोरियाविरुद्ध प्रतिबन्ध लगाउने चेतावनी चीनले दिएको बताएका थिए।उता उत्तर कोरियाले अमेरिकामाथिको हमलाको परिकल्पना गर्दै एउटा प्रोपोगान्डा भिडियो सार्वजनिक गरेको छ।
राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको परमाणु कार्यक्रम आफ्ना लागि सबैभन्दा ठूलो विश्वव्यापी चिन्ता भएको बताए।उनले कुटनीतिक रुपमा समाधान खोज्ने प्रयास गरिरहेको र चीनले उत्तर कोरियामाथि दबाब बढाइरहेको उल्लेख गरे।
चिनियाँ राष्ट्रपति सि जिनपिङलाई एक जना असल व्यक्तिको रुपमा संज्ञा दिदैँ उनले आफ्नो अट्टेरी छिमेकी विरुद्ध दबाब बढाउन प्रयासहरु गरिरहेको उल्लेख गरे।अमेरिकाले चीनले उत्तर कोरियामाथि कडा प्रतिबन्धहरु लगाएर उसलाई वार्तामा आउन दबाब देओस् भन्ने चाहेको छ।
त्यसबाहेक सैन्य समाधानको विकल्पबारे पनि विचार भइरहेको विवरणहरु आएका छन्।यसअघि फक्स न्युजसँगको कुराकानीमा अमेरिकी विदेशमन्त्री टिलरसनले चीनले आफ्नो छिमेकी उत्तर कोरियालाई अहिलेसम्मकै कडा चेतावनी दिएको खुलासा गरेका थिए।
उनका अनुसार चीनले किम जोङ उनलाई उनले थप परमाणु परीक्षण गराए बेइजिङ्ले आफैँ प्रतिबन्धहरु लगाउने तयारी गर्ने जानकारी दिएको छ।
उत्तर कोरियाको झण्डै ८५ प्रतिशत व्यापार चीनसँग निर्भर छ।
अमेरिकी विदेशमन्त्रीले उत्तर कोरियाका युवा नेताले आफूले तर्कसंङ्गत निर्णय लिने क्षमता देखाएको भएपनि अमेरिकी गुप्तचर निकायहरुले संकलन गरेका विवरणले उनी क्रुर भएपनि मूर्ख नभएको पाइएको उल्लेख गरे।तर राष्ट्रपति ट्रम्पले किम जङ उनको क्षमताबारे आफ्नो कुनै धारणा नभएको प्रतिक्रिया दिएका छन्।
उता बढ्दो कूटनीतिक दवावका माझ उत्तर कोरियाले एउटा ‘प्रोपोगान्डा भिडियो’ बनाएको छ जसमा अमेरिकामाथि हमला गरेको अवस्थाको परिकल्पना गरिएको छ।
सो भिडियोमा उत्तर कोरियाली क्षेप्यास्त्रले वासिङ्टन डिसीस्थित क्यापिटोल हिल र ह्वाइट हाउस साथै अमेरिकी विमानहरु बस्ने नौ सेनाको पानीजहाजलाई निशाना बनाएको देखाइएको बिबिसीले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस