काठमाडौँ-भारत प्रशासित जम्मु –कश्मिरको विशेषाधिकार खोसिएपछि त्यसले मानवअधिकारमा गम्भीर प्रभाव पार्न सक्ने चेतावनी संयुक्त राष्ट्रसंघले दिएका बेला नेपालमा त्यसबारे साझा धारणा सार्वजनिक गर्न विभिन्न राजनीतिक दल र क्षेत्रबाट सरकारमाथि दबाब परेको छ।
भारत सरकारले जम्मु–कश्मिरले पाउँदै आएको विशेष राज्यको दर्जा हटाउन संविधानको धारा ३७० खारेज र जम्मु–कश्मिरलाई दुई प्रान्तमा विभाजनको घोषणा गरेपछि त्यसलाई लिएर भारतमा सत्ता पक्षका नेता तथा कार्यकर्ताले समर्थन गरेपनि अधिकांश स्थानमा व्यापक विरोध भएको छ।
उक्त घटना भएको चार दिन बितिसक्दा पनि नेपाल सरकारले त्यसबारे आधिकारिक धारणा सार्वजनिक गर्न नसकेको अवस्थामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली नेता, प्रमुख प्रतिपक्ष दल, अन्य साना राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, पत्रकार र सर्वसाधारणले समेत जम्मु–कश्मिरको विकसित घटनालाई लिएर सिंगो मुलुकले साझा धारणा बनाई सार्वजनिक गर्न आवश्यक रहेको भन्दै सरकारलाई दबाब दिएका छन्।
तर उपचारका लागि भन्दै सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार मात्रै फर्कने र त्यसपछि मात्रै जम्मु–कश्मीरबारे धारणा सार्वजनिक हुने देखिन्छ।
प्रधानमन्त्रीका मिडिया सल्लाहकार कुन्दन अर्यालले सिंगापुरबाट प्राप्त जानकारी अनुसार प्रधानमन्त्री आइतबार दिउँसो थाई एयरलाइन्सबाट फर्किनु हुन्छ भन्दै ट्विट गरेका छन्।
सत्तारुढ दलका एक प्रभावशाली नेताले भने, ‘जम्मू–कश्मिरको घटनाले नेपाल जस्तो देशलाई सशंकित त बनायो नै। के के गर्ने भोलि गएर भन्नेबारेमा साझा मत बनाउनु पर्छ। सरकारले त्यसबारे गृहकार्य गर्नु पर्छ र सकेसम्म आफ्नो धारणा सार्वजनिक गर्दा उपयुक्त हुन्छ। भारतको कस्तो खालको डिजाइन भन्नेबारेमा पनि बहस हुनुपर्ला। अब सबै कुरा सोचेर विचार गरेर र परिणामलाई ध्यानमा राखेर साझारुपमा बोल्नु पर्छ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस