भारत- भारतीय राष्ट्रिय कांग्रेसको शनिवार आयोजित केन्द्रीय कार्यसमिति बैठकले सोनिया गान्धीलाई पार्टीको अन्तरिम अध्यक्षमा चयन गरेको छ ।
बैठकले अध्यक्ष पदबाट राहुल गान्धीले दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।
सोनिया र राहुल आमाछोरा हुन्।
शनिबार राति ११ बजेसम्म चलेको कांग्रेस कार्यसमिति बैठकले पार्टीको नयाँ अध्यक्ष चयन गर्न नसकेपछि अन्तरिम अध्यक्षका रुपमा सोनिया गान्धीलाई चयन गर्ने सर्वसम्मत निर्णय गरेको हो ।
यद्यपि, सोनिया र राहुल दुबैले आफूहरुलाई कांग्रेस अध्यक्ष पदमा नराख्न आग्रह गर्दै आएका थिए ।
यसअघि बैठकले राहुल गान्धीले पदबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरेको थियो । उक्त आग्रह राहुलले अस्वीकार गरेपछि बैठकले सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्ष बनाएर उनकै अभिभाकत्वमा नयाँ अध्यक्षको चयन गर्ने निर्णय गरेको हो ।
१९ वर्षसम्म कांग्रेस अध्यक्ष रहिसकेकी सोनिया गान्धीले सन् २०१७ मा राजीनामा गरेकी थिइन् । त्यसपछि अध्यक्ष बनेका राहुल गान्धीले गएको लोकसभा निर्वाचनमा पार्टीले ठूलो हार व्यहोर्नु परेपछि राजीनामा गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस