काठमाडौँ-उत्तर कोरियाले चीन नजिकैको र्याङ्गयाङ्ग प्रान्तमा भूमिगत मिसाइल केन्द्रको स्थापना गरेको दावी गरिएको छ ।
उत्तर कोरियाको बारेमा विज्ञहरुका अनुसार हालै अमेरिका र दक्षिण कोरियाले गरेका सैनिक अभ्यासबाट आतंकित उत्तर कोरियाले कुनै पनि हवाई आक्रामणबाट आफ्ना मिसाइल केन्द्रहरुमा क्षति नपुगोस् भनेर यसो गरेको हुन सक्ने अनुमान गरेका छन् ।
चीन सँगको सिमानाबाट करिव ६ किलोमिटरको मात्र दुरीमा स्थापना गरिएको विश्वास गरिएको उक्त भुमिगत मिसाइल केन्द्र बनाइएको क्षेत्रमा करिव १० मिटर चौडा सुरुङ निर्माण हुँदै गरेको सेटलाइट्सहरुबाट प्राप्त तस्विरहरुका आधारमा दक्षिण कोरियाली सरकारी श्रोतले बताएको छ । श्रोतका अनुसार उक्त सुरुङमा एउटा मात्र प्रवेशद्धार रहेको छ र सम्भवत यो मिसाइल भण्डारणका निम्ति प्रयोगमा ल्याइने छ ।
हालसालै गुगल अर्थबाट लिइएको तस्विरमा दुई सिलिण्डरवाला मिसाइल जस्तो देखिने बस्तु सुरुङ छेवैमा देखिएको तस्विर सार्वजनिक गरिएको थियो र उक्त बस्तु मिसाइल लञ्चर हुन सक्ने अनुमान पनि गरिएको छ ।
यसैवीच संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले उत्तर कोरियाले स्थापना गरेको उक्त ‘भुमिगत मिसाइल केन्द्र’ अमेरिका तथा जापानका निम्ति खतरनाक सावित हुन सक्ने चेतावनी दिएको छ ।
संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका अनुसार त्यस स्थानबाट उत्तर कोरियाले युद्धको समयमा जापानमा रहेको अमेरिकी सुरक्षा बेसमा सजिलै मिसाइल आक्रामण गर्न सक्ने छ जुन दुबै देशका लागि घातक सिद्ध हुने कुरा निसन्देह छ र उक्त मिसाइल केन्द्र चीनको सिमानामा भएका कारण जापान र अमेरिकालाई आक्रामण गर्न पनि असम्भव प्राय छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस