सोल- दक्षिण कोरियाली रक्षा मन्त्रालयले सार्वनजिक गरेको सुचना अनुसार हाल सम्म १३ जना कोरियाली सैनिक सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण भएको पुस्टि भएको छ भने सो रोगको संक्रमणबाट बचाउन ७ हजर ५०० जना अन्य सैनिकलाई क्वारेन्टाईनमा पठाईएको छ ।
गत शुक्रवार पहिलो संक्रमण पाइएको थियो भने हाल उक्त संक्रमण फैलिएर १३ जनामा पुगेको छ । संक्रमित हुनेहरु कोरियाली स्थल, जल सेनामा कार्यरत छन् ।
स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर राख्दै मन्त्रालयले बिहान १० बजे तथा बेलुका ५ बजे भाईरस संक्रमितहरु बारे सुचना सार्वजनिक गर्ने जानकारी समेत दिएको छ ।
हालै कोरियाली शहर थेगुमा आयोजित एक धार्मिक सभामा सहभागिहरुमा तथा सहभागिहरु सँग सम्पर्कमा रहनेहरुमा सो रोगको संक्रमणको सम्भावना बढी रहेको भन्दै सबैको स्वास्थ्य परिक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
रक्षा मन्त्रालयका साहायक प्रवक्ता मुन होक सिकका अनुसार ३ सय ५० जनालाई लक्षण तथा संक्रमितहरु सँगको प्रत्यक्ष सम्पर्क भएको आधारमा तथा अन्यलाई पनि सुरक्षाको दृष्टिकोणले क्वारेन्टाइनमा पठाईएको हो ।
मन्त्रालयका अनुसार हाल ब्यारेक बाहिर गरिने सम्पुर्ण ड्रिलहरु बन्द गरिएको छ र सम्पुर्ण सैनिकहरुलाई ब्यारेक फर्काईएको छ ।
रक्षा मन्त्रालयले मातहतका सुरक्षा निकायलाई एक निर्देशन जारी गर्दै सुरक्षा संवेदनशीलता तथा स्वास्थ्य दुबैलाई चेक एण्ड ब्यालेन्स गरेर ब्यवस्था गर्न तथा स्वास्थ्यको मामलामा लचकता अपनाउन समेत निर्देशन दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस