सोल-दक्षिण कोरियाली सरकारले करिव २ लाख १० हजार जनाको संख्यामा रहेका सिजिओञ्ची सम्प्रदायका मानिसहरुमा कोरोना भाइरसको परिक्षण सुरु गरेको छ |
हालै सोही संप्रदायका एक जना एक चर्चमा गएर प्रार्थना सभामा बसेका थिए । सोही चर्चमा सवार अन्यहरुमा पनि कोरोनाको संक्रमण पाइएको छ ।
यसरी हालसम्म कोरियामा कोरोना संक्रमितहरुको संख्या करिव १३ सय पुगेको छ । गत हप्ता सम्म ५१ जनामा सिमित रहेको संक्रमण एका एक बढेर १ हजार २ सय ६१ पुगेको कोरियाली रोग नियन्त्रण विभागका अधिकारीले जानकारी दिएका छन् ।
हालसम्म कोरियामा कोरोना भाइरसका कारण सिजिओञ्ची सम्प्रदायका एक तथा एक फोक्सोको शल्यक्रिया गराएका एक समेत गरि जम्मा १२ जनाको मृत्यु भइसकेको छ ।
सिजिओञ्ची सम्प्रदायका अन्य मानिसहरुमा पनि परिक्षण जारी रहेका कारण संक्रमितहरुको संख्या अझ बढ्न सक्ने सरकारी अधिकारीहरुले जनाएका छन् ।
सरकारले उक्त रोगको प्रकोप नियन्त्रणका लागि १६ सय सैया क्षमताको अस्पताललाई तयारी हालतमा राखेको छ । सोही रोग सँग लड्न सरकारले २०५ जना डाक्टर तथा नर्सहरुको टोलीलाई समेत तयारी हालतमा राखेको छ ।
कोरियाली स्वास्थ्य मन्त्रालयका अनुसार कोरियामा रहेका अमेरिकी सैनिकहरुमा पनि कोरोना भाइरसको संक्रमण देखा परेको छ ।
हालसम्म कोरियामा फेला परेका कोरोना संक्रमणका विरामीहरुमध्ये ८० प्रतिशत सिजिओञ्ची सम्प्रदायको चर्च तथा चियोङदो अस्पताल वरपरको क्षेत्रमा पाइएका छन् । यी दुई स्थानहरुमा बुधवार साँझसम्म क्रमश ७१० र ३१७ जना संक्रमित भेटिएका छन् ।
यता कोरोना प्रकोप पश्चात चीनको हुवान प्रान्तबाट कोरिया ल्याइएका कोरियाली नागरिकहरुलाई विहिवार क्वारेन्टाईन बाट अस्थायी बसोवास स्थलमा सारिने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस