सोल- चीनबाट फैलिएको कोरोना भाइरस हाल दक्षिण कोरियामा आतङ्क मच्चाइरहेको छ । कोरोना संक्रमणकै कारण हाल सम्म कोरियामा १७ जनाले ज्यान गुमाइसकेका छन् भने आइतबार बिहान सम्मको तथ्याङ्कमा ३१ सय ५० जना संक्रमित भएका छन् ।
कोरियाली संचार माध्यमले जनाए अनुसार शनिवार मात्र ८१३ जनामा भाइरसको सङ्क्रमण पाईएको थियो । कोरियाली प्रकोप तथा रोग नियन्त्रण विभागले जनाए अनुसार कोरियामा फैलिएको संक्रमण मुख्य गरि थेगुस्थित चर्च वरपरको क्षेत्रबाट करिव ८० प्रतिशत सिमा पार भ्रमण गरि फर्केकाबाट करिव दुई प्रतिशत रहेको छ । अन्य क्षेत्रमा भने चीनबाट आएका चिनियाँ नागरिकहरुबाट फैलिएको समाचारमा जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरियामा रहेका करिव २ लाख ४५ हजार सिन्छन्जी सम्प्रदायका मानिसहरुको सम्पुर्ण तथ्याङ्क सरकारले सुरक्षित राखिसकेकाे र सोही अनुरुप उनीहरुको स्वास्थ्य परिक्षण समेत हुने छ ।
सरकारले उक्त सम्प्रदायमा सामेल हुन चाहाने र तालिममा रहेकाहरुको पनि जानकारी लिई परिक्षण सुरु गर्ने जनाएको छ ।
कोरियामा एकाएक तीब्र गतिमा फैलिएको कोरोना भाइरस विरुद्ध लड्न विभिन्न बैंकहरुले सहज रुपमा लोन उपलब्ध गराउने जानकारी समेत दिएका छन् ।
यता कोरोना संक्रमणका कारण कोरियाका मुख्य शहरहरुका विद्यालय तथा कलेजहरु १४ मार्च सम्मका लागि बन्द गरिएका छन् । मन्टेश्वरीदेखि कलेज सम्म बन्द गरिदा हजारौँ विद्यार्थिहरुको शिक्षा अन्योलमा परेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस