सोल-कोरोना संक्रमणको तीब्र चपेटामा परेको कोरियासँग हाल विश्वका ७८ देशहरुले आवतजावतमा प्रतिबन्ध लगाएका छन् ।
कोरियाली परराष्ट्र मन्त्रालयले हालै जनाए अनुसार उनीहरुले आफ्नो देशमा कोरोना संक्रमण सर्न सक्ने तथ्यलाई मध्यनजर गर्दै कोरियालीहरु तथा कोरियाको मार्ग प्रयोग गरेर हुने सम्पूर्ण भ्रमणलाई बन्द गराएका छन् ।
कोरियाली परराष्ट्र मन्त्रालयका अनुसार आइतवार बेलुका सम्म एङ्गोलाले पछिल्लो पटक कोरियासँगको अवागमन तथा प्रस्थानलाई बन्द गराएको हो । यो सँगै कोरियालाई ७८ देश जान प्रतिवन्ध लागेको छ ।
नाइजेरियाको सरकारले भने कोरियाबाट आफ्नो देश भ्रमणमा आउने कुनै पनि नागरिकहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने ब्यवस्था गरेको छ ।
स्मरण रहोस्, कोरियाली रोग नियन्त्रण केन्द्रले सोमवार सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ४३०० नाघेको छ ।
यस सँगै कोरियाली सरकारले देशभरका विद्यालयहरु मार्च २३ सम्मका लागि बन्द गर्ने निर्णय समेत गरेको छ । हाल सम्म कोरियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ जसमा केही अन्य रोगहरुबाट समेत ग्रस्त रहेका छन् ।
कोरियामा हालसम्म फेला परेका संक्रमितहरु मध्ये करिव ५७ प्रतिशत थेगु शहर स्थित सिजिओञ्ची चर्च आसपासको क्षेत्रबाट रहेका छन् भने अन्यहरु भने सिओल, ग्योङसाङ, चिओन लगायतका शहरहरुबाट रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस