सोल-दक्षिण कोरियामा जनस्तरबाट सञ्चालित एक सहयोग नियोगले उत्तर कोरियामालाई कोरोना माहामारी रोकथामका लागि अर्बौं रुपैयाँ सहयोग गर्ने भएको छ |
यसका लागि दक्षिण कोरियाली सरकारले सो नियोगलाई अनुमति दिएको छ । उक्त सहयोग नियोगले उत्तर कोरियालाई करिव १०० मिलियन वन बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने छ । ह्याण्ड सेनिटाइजर तथा अन्य मेडिकल सामाग्री सहयोगका लागि सरकारले अनुमति दिएको हो ।
दक्षिण कोरियाको एकिकरण मन्त्रालयका अनुसार कोरोनाबाट विश्व नै आक्रान्त भएको तथा उत्तर कोरियाले चौतर्फि नाकाबन्दि झेलिरहेको वर्तमान अवस्थामा त्यहाँका नागरिकको स्वास्थ्य रक्षा गर्ने आम मानवीय धारणा अनुरुप दक्षिण कोरियाले उत्तर कोरियामा ति सामाग्री पठाउन स्विकृति दिएको हो ।
सरकारले सहयोग एजेन्सीको नाम र सामाग्री पठाइने मिति नखुलाए तापनि फेस मास्क बाहेकका अन्य सामागीहरु सहयोग स्वरुप पठाइन लागिएको बताएको छ ।
मन्त्रालयका अनुसार हाल दक्षिण कोरियाबाट उत्तर कोरियालाई सहयोग गर्ने संस्थाहरुको ठूलो लिस्ट रहेको छ । करिव १.२ विलियन वन बरावरको स्वास्थ्य सामाग्री स्थानीय प्रान्तिय सरकारका तर्फबाट पनि पठाउने तयारि भइरहेको तर चुनाव नजिकिदै आएका कारण हाललाई सो योजना भने स्थगित राखिएको तर निकट भविश्यमा नै उत्तरलाई सो सहयोग पठाइने पनि मन्त्रालय श्रोतले जनाएको छ ।
यता उत्तर कोरियामा भने दक्षिणको सहयोगलाई लिएर केही नकारात्मक टिप्पणिहरु समेत आएका छन् । केहिले दक्षिण कोरियाले उत्तर कोरियालाई कोरोना संक्रमण युक्त सामाग्री पठाएको आरोप समेत लगाएका छन् तर दक्षिण कोरियाले सो आरोप ठाडो रुपमा खण्डन गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस