सोल-किम्ची कोरियाली नागरिकको मात्र नभई अन्य देशका नागरिकहरुको पनि मापर्ने कोरियाली खाना हो । अमेरिकी पूर्व राष्ट्रपति वाराक ओवामा त यसका फ्यान नै थिए ।
तपाई मध्ये पनि धेरै किम्ची मन पराउनुहुन्छ । तर कोरियामा भने किम्ची बारे यौटा नराम्रो खबर आएको छ ।
विशेष गरि अमेरिका निर्यात गर्ने किम्ची उत्पादक कम्पनि पुलमोनले उत्पादन गरेको किम्चीमा प्लास्टिकका टुक्रा पाइएका छन् ।
किम थर भएका २९ बर्षिय एक कर्मचारीले कार्यालय नजिकैको सुपरमार्केटबाट किनेका किम्ची प्याकेटहरुमा प्लास्टिकका टुक्रा पाइएको हो ।
प्याकेट खोलेर खाँदा आफ्नो गिँजा काटेको र हेर्दा प्लास्टिकका धारिला टुक्रा किम्चीको प्याकेटमा पाइएको उनले बताए ।
घाउ खासै गहिरो नलागेका कारण आफूले थुकेको र अर्को प्याकेट खोल्दा त्यसमा पनि सिसाका टुक्रा भेट्टाएको उनले बताए । जम्मा ६ प्याकेट किम्ची किनेकोमा २ वटामा सिसा भेट्टाएको पनि उनले बताए । उनका अनुसार ती सिसाका टुक्रा करिव १.५ सेन्टिमिटर सम्मका थिए ।
सो घटना पश्चात उत्पादक कम्पनिले उक्त सिसाका टुक्रा परिक्षणका लागि लगिने जनाएको छ । किम्ची उत्पादन गर्ने स्थानमा प्लास्टिकका टुक्रा हुनै नहुने बताउदै कम्पनिले गम्भिर अनुसन्धान गर्ने बताएको छ ।
उक्त कम्पनिले पुलमोन फुड्सको नामबाट अमेरिकामा खाध्य पदार्थको उत्पादन तथा विक्रि वितरण गर्दै आएको छ । अमेरिकामा भने सो किम्चीलाई नासोया ब्राण्डबाट विक्री गर्दै आएको छ । अमेरिकामा कुल खपत हुने किम्चीको करिव ४० प्रतिशत उत्पादन पुलमोन फुड्सले गर्दै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस