सोल- उत्तर कोरियाली सर्वोच्च तानाशाह किम जोङ उन गत अप्रिल ११ बाट मे १ सम्म विश्वभरका सञ्चार माध्यमहरु भन्दा बाहिर रहे । सञ्चार माध्यमबाट उन टाढा बसेकै कारण विश्वभरका सञ्चार माध्यम उनी तिर नै एकतृत भए । कसैले मुटुको जटिल शल्यक्रिया भएको बताए, कसैले किम गम्भिर विराकी भएको बताए त कसैले किमको मृत्यु भइसकेको र खबर केही दिनमै बाहिरिने भनेर ठोकुवा सहितका समाचार प्रशारण गरे ।
विश्वभरका सञ्चार माध्यमहरुलाई गलत सावित गर्दै किम जोङ उन गत १ मे मा एक रासायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन समारोहमा सहभागी बने । सो भिडियो उत्तर कोरियाको सरकारी टेलिभिजनले प्रसारित गरेपछि सामाजिक सञ्जालमा भाइरल समेत भयो ।
किमको मे १ तारिखमा सार्वनजिक तस्विर तथा भिडियो सो मिति भन्दा अगाडी सार्वजनिक गरिएका तस्विर तथा भिडियोहरु भन्दा फरक छ । किमको मे १ तारिख मा सार्वजनिक गरिएको भिडियो फुटेजमा उनको दाहिने हातको नाडीमा करिव ०.५ सेन्टीमिटर बराबरको दाग देख्न सकिन्छ ।
किम जोङ उनको गत अप्रिल ११ तारिखमा वर्कर्स पार्टीको बैठकका बेला खिचिएको तस्विरमा सो दाग नदेखिएका कारण उनी पक्कै पनि कुनै उपचार पश्चात फर्किएको हुन सक्ने विज्ञहरु बताउदछन् ।
कार्डियोलोजि विशेशज्ञ डाक्टर किम मु ह्युनका अनुसार किमले एञ्जियोथेरापि गराएका हुन सक्छन् । उनको हातमा भएको दागको लोकेशन तथा दागको आकार हेर्दा ८० प्रतिशत उनी सो उपचारका लागि गएको उनी बताउदछन् । यसका अलावा उनको सार्वजनिक भएको भिडियोमा देब्रे खुट्टा खोच्याएको स्पस्ट देख्न सकिन्छ । तर यी नै तथ्यका आधारमा किम बिरामी भएको निश्कर्षमा पुग्न भने नसकिने विज्ञहरु बताउछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस