सोल-दक्षिण कोरियामा कोरोना संक्रमण सुरु भए यता अस्पतालबाट सफल उपचार गराएर फर्कने मानिसहरुको दर करिव ९० प्रतिशत पुगेको छ ।
सोमवार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार करिव ४ महिनाको यो संक्रमण अवधिमा ९० प्रतिशत हाराहारीमा मानिसहरु संक्रमण मुक्त भएका हुन् ।
गएको जनावरी २० तारिखमा पहिलो संक्रमण पाइए यता दक्षिण कोरियामा संक्रमितहरुको संख्या ११,०६५ पुगेको छ । तथ्याङ्कका अनुसार संक्रमित मध्ये ९,९०४ जना कोरोना संक्रमणको सफल उपचार पश्चात घर फर्किएका छन् जुन कुल संक्रमितहरुको संख्याको ८९.५ प्रतिशत हो ।
यो तथ्याङ्क कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो ।
विरामी ठीक हुने दर मार्च महिनामा करिव ५० प्रतिशतको हाराहारीमा रहेकोमा अप्रिलको आधा आइपुग्दा ७० प्रतिशतको आसपासमा आइपुगेको थियो ।
हाल संक्रमणको उपचार गराइरहेका संक्रमितहरुको संख्या ८९५ जना रहेको केन्द्रले बताएको छ ।
केन्द्रले दिएको तथ्याङ्क अनुसार हालसम्म संक्रमणका कारण २ सय ६३ जनाले ज्यान गुमाएका छन् जुन कुल संक्रमितहरुको संख्याको २.३८ प्रतिशत हो ।
केद्रका अनुसार कोरियामा संक्रमणको दर घटेता पनि, विरामीहरु घर फर्कि सकेता पनि सरकार कोरोना रोकथामका लागि हमेसा तयारी हालतमा रहने जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस