सोल-दक्षिण कोरियाका औषधि निर्माता कम्पनिहरु कोरोना संक्रमण विरुद्धको भ्याक्सिन उत्पादनको प्रारम्भिक चरणमा रहेको श्रोतले बताएको छ ।
अमेरिकाले कोरोना विरुद्धको औषधि निर्माणमा प्रारम्भिक सफलता पाएको समाचार बाहिर आएपछि दक्षिण कोरियाली औषधि निर्माताहरुको सो भनाई बाहिर आएको हो ।
जानकारहरुका अनुसार कोरियाका कुनै पनि औषधि निर्माता कम्पनिहरुलाई कोरोना संक्रमण रोकथामका लागि बनाइएका औषधिहरुमा सफलता पाएका छैनन । यता अमेरिकी कम्पनि मोडेर्नाले भने आफूले निर्माण गरेको औषधिले संक्रमितको शरिरमा एण्टीबडी उत्पादन गर्न थालेको बताएको छ ।
दक्षिण कोरियामा हाल जेनेक्सिन तथा एसके लाईफ साइन्सले कोरोना संक्रमण विरुद्धको खोपको विकास गरिरहेका छन् । कम्पनिहरुका अनुसार बाँदरमा गरिएको परिक्षणले सकारात्मक असर देखिएको भन्दै खाद्य तथा औषधि मन्त्रालयको अनुमति पश्चात सम्भवत: जुन महिनाबाट यसको परिक्षण मानिसमा गरिने बताएका छन् ।
यी दुइ बाहेक अन्य कम्पनिहरु पनि औषधि निर्माणमा लागिरहेको तर प्रगति विवरण भने सार्वजनिक नभएको बताइएको छ । हाल ७ वटा कम्पनिहरुले निर्माण गरेका औषधिहरुलाई मानिसमा परिक्षण गर्ने तयारी भइरहेको समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस