सोल-दक्षिण कोरियामा गर्मीको कहर शुरु भएको छ । बिहिवार त्यहाँका केही क्षेत्रहरुमा ३३° सेल्सियस बढीको तापक्रम मापन गरिएको थियो । तापक्रम बढे सँगै मौसम विज्ञान विभागले जनतालाई सचेत र सतर्क रहन भनेको छ ।
दक्षिण कोरियाका थेगु, छङ्दो, गिम्चोन, चिलगोक, सियोङ्जु, गोरयङ तथा ग्योङसाङ लगायतका क्षेत्रमा उच्च तापक्रम मापन गरिएको थियो ।
मौसम विज्ञान विभागका अनुसार यी क्षेत्रहरुमा तापक्रम ३३° सेल्सियस भन्दा बढी रहेको छ ।
विभागका अनुसार कोरियाका कतिपय क्षेत्रमा मौसम २२° देखि ३५° सेल्सियसका बिच रहने अनुमान गरिएको छ । तापक्रम सामान्य नै भएता पनि सापेक्षित आर्द्रता भने बढी हुन सक्ने पनि विभागले जनाएको छ ।
दक्षिण कोरियामा तापक्रम ३३° सेल्सियस भन्दा माथि गए पश्चात तथा उक्त तापक्रम २ दिन बढी समय सम्म स्थिर अथवा बढ्दो भएमा सतर्क रहन निर्देशन दिने गरिन्छ ।
गर्मी बढे सँगै मानिसहरु समुद्र किनारमा जाने सम्भावना बढेको भन्दै मौसम विभागले कोरोना संक्रमण फैलन सक्ने खतरा समेत औल्याएको छ ।
हाल नागरिकहरु विदेश जान नपाउने कारण स्थानीय क्षेत्रमा नै मनोरञ्जन गर्ने भएका कारण सतर्कता अपनाउन निर्देशन समेत दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस