न्यूयोर्क-संयुक्त राज्य अमेरिकाको न्युयोर्क स्थित बफेल्लो क्षेत्रमा एक ७५ बर्षिय ज्येष्ठ नागरिकमाथि भएको प्रहरी ज्यादती पश्चात दुई जना प्रहरी अधिकारी निलम्वित गरिएका छन् ।
उनीहरुको निलम्बन पश्चात आन्दोलन मथ्थर बनाउन तयार गरिएको विशेष फोर्सका अन्य ५७ जनाले उक्त विशेष सेवाबाट राजिनामा दिएका छन् ।
उक्त शहरका गभर्नर एण्ड्रिउ कुवोमोका अनुसार उक्त घटना अमानवीय तथा निन्दनीय घटनाका रुपमा रहेको छ । घटनामा परि ति ज्येष्ठ नागरिकको हातमा चोट लागेको छ ।हाल उक्त घटना बारे अनुसन्धान भइरहेको छ ।
उनका अनुसार घटना पश्चात राजिनामा दिने प्रहरी अधिकारीहरुले प्रहरी सेवाबाटै भने राजिनामा दिएका हैनन् । उनीहरुले प्रहरीको आकस्मिक सेवाबाट राजिनामा दिएको सीएनएनले जनाएको छ।
प्रहरीका अनुसार मार्टिन गुगिनो नाम गरेका ति ज्येष्ठ नागरिक प्रहरीले ठेलेपछि लडेर घाइते भएका हुन् । हाल उनको अस्पतालमा उपचार भइरहेको छ ।
उनको स्वास्थ्यमा गम्भिर असर परेता पनि हाल उनी खतरा मुक्त रहेको तथा उनको स्वास्थ्य स्थिति समेत स्थिर रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस