सोल – कोरोना संक्रमितहरुको संख्यालाई शुन्यमा झारेर आर्थिक गतिविधिलाई सकृय बनाएको दक्षिण कोरियामा पछिल्लो पटक संक्रमणले तिव्रता लिएको छ ।
दक्षिण कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले सोमवार बताए अनुसार हाल फैलिईरहेको कोरोना भाईरसको मुख्य श्रोत युरोप र अमेरिका हुन् । केन्द्रले ति क्षेत्रबाट आएका संक्रमितहरुमा चीनका संक्रमितहरु भन्दा छ गुणा बढी कडा भाइरस भएको समेत बताएको छ ।
केन्द्रका अनुसार युरोप तथा अमेरिकामा फैलिएको कोरोना भाईरस जीएच समुह अन्तरगत रहेको र दक्षिण कोरियामा समेत ति क्षेत्रबाट आएका मानिसमा सोही समुहको भाइरस फेला परेको छ । उक्त समुहको भाइरस दक्षिण कोरियाले गत अप्रिल महिनामा अध्यागमन नितिमा कडाइ नगर्दै कोरिया प्रवेश गरेको हुन सक्ने केन्द्रले बताएको छ ।
केन्द्रका अनुसार उक्त समुहको कोरोना भाइरस पहिलो पटक उत्तरी ग्योङसाङ प्रान्तमा पाइएको थियो र पछि गएर उक्त भाइरस समुह स्तरमा समेत फैलिएको थियो । पछिल्लो पटक उक्त समुहको भाइरस राजधानी सोलमा समेत पाईएको थियो ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई S, V, L, G, GH र GR समुहमा विभाजन गरेको छ । विश्व स्वास्थ्य संगठनको स्विकृति प्राप्त संस्थाले गरेको एक अध्ययनमा कुल ५२६ नमुना मध्ये ३३३ वटा नमुना जिएच समुह अन्तरगत रहेको पाइएको छ । यो कुल संख्याको ६३.३ % हो ।
हाल सम्म दक्षिण कोरियामा कोरोना संक्रमितहरुको संख्या १३१३७ पुगेको छ भने संक्रमणकै कारण २८४ जनाले ज्यान समेत गुमाइसकेका छन् । रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार संक्रमित मध्ये ९०.२ प्रतिशत अर्थात ११८४८ जना स्वास्थ्य लाभ गरि घर फर्किसकेका छन् भने करिव १००५ जना आइसोलेशनमा उपचाररत रहेका छन् । दक्षिण कोरियाले हाल सम्म १२,९७,३६७ जनाको कोरोना परिक्षण गरेको छ भने २१३९२ जनाको परिक्षण रिपोर्ट आउन बाँकी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस