अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा सरकारको विरुद्धमा प्रदर्शन गरेका व्यक्तिहरुमाथि सरकारले बल प्रयोग गरी दमन गरेकोमा विरोध गर्नुभएको छ ।
पूर्व राष्ट्रपति ओबामाले नागरिकले स्वतन्त्रतापूर्वक आफ्ना भनाईहरु राखेर प्रदर्शन गरेको अवस्थामा डोनाल्ड ट्रम्पको प्रशासनले सुरक्षाकर्मी पठाएर प्रदर्शन गरको व्यक्तिहरुमाथि आक्रमण गरेको भन्दै त्यसको निन्दा गर्नुभएको हो ।
यसरी शान्तिपूर्ण रुपमा प्रदर्शनमा रहेका नागरिकहरुमाथि ट्रम्प प्रशासनले ठूलो संख्यामा प्रहरी पठाएर उनीहरुलाई दमन गरेको, टियर ग्याँस प्रयोग गरेको र प्रहरीले कुटपिट पनि गरेको भन्दै त्यसको विरोध गर्नुभएको हो । उहाँलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सिएनएनले भनेको छ कि पछिल्ला केही समययता अमेरिकामा काला जातिका नागरिकहरु माथि सरकारले गरेको दमन त सबैले देखेकै छौँ र अहिले पनि त्यो दमनको अवस्था रोकिएको छैन ।
सरकारले नागरिकमाथि अनावश्यक डर र त्रास देखाएको र नभएको कानुनको प्रयोग गरेर जनतालाई त्रसिद् बनाएको पनि पूर्वराष्ट्रपति ओबामाले बताउनुभएको अमेरिकी टेलिजिभन सिएनएनले जानकारी दिएको छ । अमेरिकामा रहेका आप्रवासी, विद्यार्थीहरु आदिलाई अनेक खालका डर र त्रास देखाएर सरकारले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेर आफ्ना कुरा राख्न पनि नदिएको आरोप पूर्व राष्ट्रपति ओबामाले लगाउनुभएको छ ।
केही सयम अघि एक जना काला जातिका अमेरिकी नागरिकको प्रहरीको कारबाहीमा परी ज्यान गएपछि सरकारका विरुद्धमा आन्दोलन चर्किएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस