वासिङ्टन – अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूले विश्वका सबै क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताएका छन् ।
रिपब्लिकन पार्टीको सम्मेलनमा इजरायलबाट भिडियाेमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विदेश मन्त्री पोम्पेओले अमेरिका पहिलो भन्ने नीतिलाई राष्ट्रपति ट्रम्पले कार्यरुपमा परिणत गरेको बताएका छन् ।
उहाँले भने, “ट्रम्पका यी नीतिले सबै देशलाई खुशी पार्न नसकेको होला तर अमेरिकी नीति सफल छन् । राष्ट्रपति ट्रम्पका साहसिक प्रयासले विश्वका सबै भागमा प्रभाव पारेका छन् ।”
विदेश मन्त्री पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टीको हस्तक्षेपकारी नीतिलाई नियन्त्रणमा राख्न राष्ट्रपति ट्रम्पले दबाब सिर्जना गरेएको बताउँदै झण्डै आठ लाख मानिसको मृत्यु हुनेगरी फैलिएको कोरोनाभाइरसका लागि चीनलाई जिम्मेवार ठहर्याएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले चीनसँग भएका असन्तुलित व्यापार सम्झौता खारेज गरेएको, विदेशतर्फ स्थानान्तरित भइरहेको रोजगारी अमेरिकामा फिर्ता हुन थालेको तथा अमेरिकाविरोधी गुप्तचर अभियानलाई बन्द गराउन कूटनीतिक पहल गरिएको पनि विदेश मन्त्री पोम्पेओले बताएका छन् ।
पोम्पेओले उत्तर कोरियाली नेतासँग वार्ताको वातावरण बनाउन राष्ट्रपति ट्रम्प सफल भएको बताउँदै भने, “उत्तर कोरियामा पछिल्ला वर्षहरूमा कुनै आणविक परीक्षण भएनन्, लामो दूरीका क्षेप्यास्त्र परीक्षण भएनन् र उत्तर कोरियामा बन्दी जीवन बिताइरहेका अमेरिकीहरू आफ्ना घर फर्किन पाएका छन् ।”
पोम्पेओले राष्ट्रपति ट्रम्पकै कारण तेल अभिभमा रहेको अमेरिकी राजदूतावास मे २०१८ मा जेरुसेलम स्थानान्तरित गरिएको जानकारी दिएका छन् । यहूदी नागरिकका लागि जेरुसेलम वास्तविक राजधानी रहेको पनि उनले बताए ।
सामान्यतया, अमेरिकी विदेश मन्त्रीले पार्टीको सम्मेलनलाई सम्बोधन नगर्ने विगतको परम्परा तोड्दै विदेश मन्त्री पोम्पेओले राष्ट्रपतिका विदेश नीतिको बचाउ गरेका हुन् ।
रिपब्लिकन पार्टीको गत सोमबारदेखि शुरु भएको सम्मेलनले राष्ट्रपति ट्रम्पलाई आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा मनोनयन गर्दैछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस