सोल – उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई घर बाहिर ननिस्किन निर्देशन दिएको छ । चीनबाट उडेर आउने सिजनल पहेँलो धुँवासँगै कोरोना भाइरस समेत आउने खतरा रहेको बताउदै कसैलाई पनि घर बाहिर ननिस्कन उत्तरले आफ्ना नागरिकलाई चेतावनी दिएको हो ।
उत्तर कोरियाको सत्तारुढ पार्टीको आधिकारीक समाचार संस्था रोडोङ सिनमुनमा प्रकाशीत समाचार अनुसार हाल विश्वभर नै कोरोना भाइरस संक्रमण बढिरहेको बेला आउने धुलोका कणहरुका कारण उत्तर कोरियामा समेत कोना संक्रमण फैलन सक्ने भएका कारण नागरिकलाई घर बस्न निर्देशन दिइएको हो ।
यता विज्ञहरुले भने करिव १२०० किलोमिटर टाढा रहेको गोवी मरुभुमिबाट उत्तर कोरिया सम्म कोरोना भाइरस फैलने कुरा असम्भव रहेको बताएका छन् । उत्तर कोरियाले भने अमेरिकी रोग तथा नियन्त्रण केन्द्रले भनेको दुई मिटरको सामाजिक दुरीले कोरोना नियन्त्रण गर्न नसक्ने बताएको छ ।
हालसम्म कोरोना भाइरसका संक्रमित भेटिएको आधिकारिक जानकारी नभएको उत्तर कोरियाले आफ्ना नागरिकलाई संक्रमण नियन्त्रण गर्न कडा नियम लागु गरेको छ । यदि अत्यावश्यक कामका कारण बाहिर निस्कन परेमा मास्क अनिवार्य गरेको छ । त्यसका अलावा उत्तरले सीमा क्षेत्रमा कडा सुरक्षा ब्यवस्था समेत गरेको छ ।
उत्तर कोरियाको सरकारी निर्णय पश्चात उत्तर कोरिया स्थित रसियाली दुतावासले आफ्नो फेसबुकमा उत्तर कोरिया भ्रमणको कुनै पनि योजना तत्कालै नबनाउन तथा उत्तर कोरियामा रहेका नागरिकलाई घर भित्रै रहन निर्देशन समेत दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस