एजेन्सी – पाकिस्तानको लाहोर विश्वमै सबैभन्दा प्रदूषित सहर घोषित भएको छ । वायु गुणस्तर अनुगमन सम्बन्धी स्वीस प्रविधि कम्पनी आईक्युएयरले लाहोर विश्वकै सवैभन्दा प्रदूषित सहर घोषित गरेको हो । बुधबार लाहोरको वायु गुणस्तर सूचांक (एक्यूआई) ३४८ थियो । ३०० भन्दा माथिको एक्यूआईलाई खतरनाक मानिन्छ ।
पछिल्लो समयमा पाकिस्तानमा वायु प्रदूषण बढ्दो छ । सवारी साधनमा कम गुणस्तरको डिजेलको प्रयोग, मौसमी उब्जनीपछि किसानहरुले खेतबारीमा लगाएको आगो तथा परालको धुँवा र हिउँदसँगै सुरु भएको चिसोले वातावरण झनै प्रदूषित बनेको छ ।
एक करोड १० लाख जनसंख्या रहेको लाहोर वायु प्रदूषणका हिसाबले बारम्बर विश्वमै ‘प्रदूषित सहर’ को उपमा पाउँदै आएको छ ।
वायु स्वच्छ राख्न भन्दै पछिल्ला बर्ष स्थानीयवासीले आफै एयर प्युरिफायर मेसिन (हावा चिसो बनाउने मेसिन) बनाएका छन् । प्रदूषणका कारण आत्तिएका उनीहरुले वायु स्वच्छ गर्न माग गर्दै सरकारी अधिकारीहरुबिरुद्ध मुद्दा दायर गरेका छन् । तर, अधिकारीहरुले लाहोरको प्रदूषणको दोष छिमेकी भारतलगायतका देशहरुबाट फैलिएको धुवाँलाई दिँदै आएका छन् ।
‘बालबालिकाहरुले श्वासप्रश्वासजन्य रोग अनुभव गरेका छन् । भगवानका निम्ति भए पनि समाधान खोज,’ स्थानीय मजदुर मुहमद सइदले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस