रियो दि जेनेरियो- ब्राजिलमा जंगल फडानी तीब्र रूपमा भइरहेको छ । अमेजनको जंगल फडानी १५ वर्ष यताकै सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका छन् । ब्राजिलको अन्तरिक्ष अनुसन्धान निकायका अनुसार ब्राजिलमा एक वर्षमा जंगल फडानी २२ प्रतिशतले बढेको छ ।
यसै साता सम्पन्न कोप सम्मेलनमा ब्राजिललगायत विभिन्न देशहरुले सन् २०३० सम्ममा बन फडानी रोक्ने प्रतिबद्धता जनाएका थिए । अमेजन करिव ३० लाख प्रजातिका बनस्पति र जनाबर तथा १० लाख आदिवासी मानिसहरुको घर हो ।
पछिल्लो तथ्यांकअनुसार सन् २०२० देखि सन् २०२१ को अवधिमा अमेजनमा १३ हजार २३५ वर्ग किलोमिटर क्षेत्रको जंगल मासिएको छ । यो सन् २००६ पछिकै ठूलो वन विनाश हो ।
तथ्यांकले चुनौती दिएको र जगंल विनाश जस्तो अपराध रोक्न कठोर कानुन आवश्यक भएको त्यहाँका वातावरण मन्त्रीले बताएका छन् । तर, तथ्यांकले पछिल्लो महिना सरकारले गरेको पहललाई नसमेटेको उनले बताए ।
राष्ट्रपति जैन बोल्सोनारो सत्तामा पुगेपछि अमेजनको जंगल विनाशमा तीब्रता आएको विज्ञहरुले बताउँदै आएका छन् । बोल्सोनारोले जंगलमा कृषि र खानीजन्य गतिविधि सञ्चालन गर्न प्रोत्साहन दिँदै आएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस