एजेन्सी – नोभेम्बर महिना क्युबाका लागि एउटा विशेष महिना हो । यही महिनामा क्युबाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको थियो । विश्व कम्युनिष्ट क्रान्तिका नायक क्यास्ट्रोको सन् २०१६ को २६ नोभेम्बरमा ९० वर्षको उमेरमा निधन भएको थियो ।
प्रस्तुत छ २० औं शताब्दीका उनै महान राजनीतिज्ञ फिडेल क्यास्ट्रोबारे केही रोचक तथ्यः
हावानाबाट कानुनमा स्नातक
क्यास्ट्रोको जन्म १३ अगस्ट १९२६ मा एउटा गाउँमा सामान्य परिवारमा भएको थियो । गाउँकै एउटा विद्यालयमा अध्ययन गरेका उनले युनिर्भसिटी अफ हवानाबाट कानुनमा स्नातक र समाजिक विज्ञानमा स्नातकोत्तर गरेका थिए । पाँच पत्नीका तर्फबाट उनका ९ सन्तान छन् ।
सबैभन्दा बढी शासन गर्ने तेस्रो व्यक्ति
क्यास्ट्रोेले ५० वर्षसम्म क्युबाको नेतृत्व सम्हालेका थिए । उनी सन् १९५९ देखि १९७६ सम्म प्रधानमन्त्री र १९७६ देखि २००८ सम्म राष्ट्रपति बनेका थिए । सन् २०११ को अप्रिल १९ मा फिडेलले राजीनामा दिएपछि उनकै भाई राहुल क्यास्ट्रोे पार्टी नेता बनेका थिए । उनी बेलायतकी महारानी एलिजाबेथ द्धितीय र थाइल्यान्डका राजापछि विश्वमै सबैभन्दा बढी शासन गर्ने नेता हुन् ।
सन् २००८ मा आफ्ना सम्पूर्ण अधिकार भाइलाई राहुल क्यास्ट्रोेलाई हस्तान्तरण गरेका थिए । आफ्नो कार्यकालमा उनी अमेरिकाका ९ ओटा राष्ट्रपतिका शासनकालका साक्षी बने ।
नायक र खलनायक
फिडेल क्यास्ट्रो नायक र खलनायक दुबै रुपमा चिनिन्छन् । समर्थकका लागि क्यास्ट्रो विश्व कम्युनिस्ट क्रान्तिका महान व्यक्ति हुन्, जसले आफ्ना शासनकालमा धेरै महत्वपूर्ण कार्य गरे । तर, विरोधीका नजरमा उनी खलनायक हुन् । उनीमाथि मानवअधिकार उल्लंधन, विरोधीलाई चरम यातना दिएको संगीन आरोप लाग्दै आएको छ ।
उनले आफ्नो शासनकालमा ५०० भन्दा बढीलाई मृत्युदण्ड दिएका थिए । त्यस्तै, आफ्ना विरोधीको आवाज दबाउन उनले केही पत्रिकाको प्रकाशन बन्द गरेका थिए । समलिंगीलाई शैक्षिक शिविरमा पठाएका थिए ।
सयौं षडयन्त्रबाट जोगिएका थिए फिडेल
फिडेल क्यास्ट्रो अमेरिकाको एक नम्बर शत्रु बनेका थिए । संसारबाटै कम्युनिष्ट शासन अन्त्य हुँदा क्यास्ट्रोले आफ्नो मुख्य दुश्मन अमेरिकाकै नाकअगाडि लाल झन्डा फर्फराएका थिए ।
अमेरिकी गुप्तचर निकायले उनको हत्या गर्न अनगिन्ति प्रयास गरेको थियो । खाने चुरोटमा विष मिसाउनेदेखि उनले लेख्ने कलममा बम मिसाउने समेतका षडयन्त्र भएका थिए । फिडेल आफूमाथि भएका ६३४ ओटा हत्या षडयन्त्रबाट बचेको दाबी गरेका थिए । सबै षडयन्त्र अमेरिका र क्युबाबाट देश निकाला गरिएका समूहबाट भएका थिए । अमेरिकाले उनले लगाउने लुगामा रसायनिक पर्दाथ मिसाउनेदेखि उनको लोकप्रियता गिराउन दाह्ी झार्ने पाउडरसमेत तयार गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस