काठमाडौं – पाँचथर जिल्लाको फिदिम १२ बाट जीवनयात्रा सुरु गरेकी अखिल(क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नं १ को उपाध्यक्ष मनिषा आचार्यद्वारा लिखित पहिलो कृति छोरी उपन्यास हिजो पर्यटन बोर्डको हलबाट सार्वजनिक भएको छ ।
अखिल(क्रान्तिकारी) केन्द्रीय कमिटीको आयोजनामा भएको बिमोचन कार्यक्रमका बीचमा उक्त कृतिको माओबादी नेतृ उर्जा,जलस्रोत र सिंचाई मन्त्री पम्फा भुषाल,क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह,समालोचक सन्तोष परियार, सञ्चारिका समुहकी अध्यक्ष तथा साहित्यकार बिमला तुम्खेवा लगायतले संयुक्त रुपमा सार्वजनिक गर्नु भएको थियो।
महिलामाथि भएका अनेक उत्पीडन,विभेद र उनीहरुका संघर्षसँग जोडिएका सम्वेदना,सहानुभूति,काहाली लाग्दा उथुलपुथुल,प्रेरणा र हौसलाको आश्चर्य जनक जम्काभेटलाई कलात्मक ढंगले समेटिएको २८५ पृष्ठको छोरी उपन्यासलाई शंखमुल काठमाडौंको लाइफ रिसर्च एण्ड पव्लिकेशन प्रा.लि.ले प्रकाशित गरेर पाठक सामु ल्याएको हो।
अध्यक्ष पञ्चा सिंहको अध्यक्षतामा सम्पन्न बिमोचन कार्यक्रम सबै वक्ताले लेखिका आचार्यलाई समाजमा दविएका आवाजहरु र गुम्सिएका पीडालाई सुन्दर शब्द सहित बाहिर ल्याएकोमा सम्मान गर्दै आगामी लेखनयात्रा निरन्तरताको कामना र अझ परिकृत कृतिको अपेक्षा समेत गरेका थिए।
आफ्नो पहिलो कृतिको सार्वजनिक करण कार्यक्रममा उपस्थित भएर आफूलाई अझ हौसला र उत्साह दिनु हुने उपस्थित सबैलाई लेखिका आचार्यले आभार तथा धन्यबाद दिनु भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस