पोखरा- पोखराको लेकसाईड स्थिल फेवा किनारमा बीच भलिबल मैदान निर्माण सुरु गरिएको छ ।
आगामी मंसिर १५ देखी २४ गतेसम्म नेपालमा आयोजना हुने १३ आंै दक्षिण एशियाली खेलुकद प्रतियोगिता (साग) अन्तर्गतको बीच भलिबलका लागि आजबाट (सोमबार) मैदान निर्माण सुरु गरिएको हो ।
फेवातालको मापडण्ड ६५ मिटर कायम रहने गरी बीच ४ वटा भलिबल कोर्ट निर्माण गरिने बीच भलिबल ब्यबस्थापन समितिका संयोजक भिम पराजुलीले बताए । उनका अनुसार चार कोर्ट मध्ये दुई प्रतियोगिताका लागि र अन्य दुई तयारी (वार्मअप) का लागि प्रयोग गरिनेछ ।
उनले कोर्टसँगै चेन्जिङ रुम, वासरुम सहितको अस्थायी भवन निर्माण गरिने जानकारी दिए । पराजुलीले अन्तराष्ट्रिय मापडण्ड अनुसारकै बीच भलिबल मैदान निर्माण हुने बताउदै १५÷२० दिनमै कार्य सम्पन्न गर्ने बताए ।
स्थलगत अवलोकनमा पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले बीच भलिबलसँगै भारात्तोलन, महिला फुटबल, महिला÷पुरुष ह्याण्डबल, प्याराग्लाईडिङ, आर्चरी र ट्रायथोलन पोखरामा हुने बताए ।
उनले बीच भलिबलको मैदान निर्माण कार्य छिटो गर्नेपर्ने भएकाले टेण्डर प्रक्रियामा नगई ब्यबस्थापन समिति मार्फत काम गरेको बताए । उनले मैदानको निर्माण कार्य समयमै सक्नुपर्ने बताउदै सकेको खण्डमा सोही कोर्टमै खेलाडीहरुले प्रर्याप्त अभ्यास गर्न पाउने धारणा राखे ।
त्यस्तै स्थलगत अवलोकनमै पुगेका गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले फेवा किनारमा आयोजना हुने उक्त प्रतियोगिताले पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने बताए ।
नेपालमा हुने १३ औं सागले सरकारको भ्रमण बर्ष सन् २०२० को लक्ष्य प्राप्तीमा महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले निर्माण भएको उक्त जग्गा नेपाल ट्रस्टको रहेको उल्लेख गर्दै स्थानियबाट कुनै रोकतोक नरहने बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस