सोल -दक्षिण कोरियामा गएको अगष्ट महिनामा मात्र २ लाख ७४ हजार रोजगारी गुमेको तथ्याङ्कले देखाएको छ ।
अध्ययनका अनुसार गत अगष्ट महिनामा सन् २००८ पछिकै सबैभन्दा बढी रोजगार गुमेको हो ।
दक्षिण कोरियाली तथ्याङ्क विभागका अनुसार गत अगष्ट महिनामा मात्र ३.१ प्रतिशत तथा बार्षिक रुपमा ०.१ प्रतिशतले रोजगार गुमेको हो । यो प्रतिशत दक्षिण कोरियाले भोगेको आर्थिक मन्दी पछाडीकै सबैभन्दा बढी हो ।
सरकारी अधिकारीका अनुसार सोचे भन्दा बढी सम्म कोरोना भाइरस आतङ्क रहनु, मनसुन प्रभाव लम्बिनु, विभिन्न सामुद्रिक आँधीको प्रभाव रहनु जस्ता कारणले रोजगार बजार अस्तब्यस्त बनेको हो ।
१५ बर्ष माथिका मानिसहरुको बेरोजगार प्रतिशत समेत १ प्रतिशतबाट बढेर ६० प्रतिशतको हाराहारीमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
गएको महिना सर्वाधिक खाद्यान्नसँग सम्बन्धित व्यवसाय प्रभावित बनेको तथ्याङ्क विभागले जनाएको छ । विभागका अनुसार खाद्यान्न तथा हस्पिटालिटी क्षेत्रमा मात्र १,६९,००० बढी रोजगार बन्द भएका छन् ।
सरकारले भने कोरोना कहर केही मथ्थर हुनासाथ रोजगार बजार ब्यवस्थापनमा आक्रामक भएर लाग्ने बताएको छ ।
मुन सरकारको प्राथमिकतामा नै रोजगार सृजना रहेको बताउदै सोही प्रयोजनका लागि ४९.७ मिलियन डलर बजेट छुट्याएको समेत सरकारी अधिकारीले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस