धनगढी- कैलालीमा द्वन्द्वपीडित महिलालाई रोजगार सामग्री हस्तान्तरण गरिएको छ ।
अलर्ट, टिपिओ नेपाल तथा महिला कानुन र समाज कैलालीले करिब पाँच लाख बराबरको रोजगार सामाग्री कैलारी गाउँपालिकाका १० जना द्वन्द्वपीडित महिलालाई वितरण गरेको हो ।
द्वन्द्वपीडित भई राज्यबाट कुनै सहयोग नपाएका तथा समस्यामा परेका महिलालाई लक्षित गरी सामाग्री हस्तान्तरण गरिएको महिला कानुन र विकास मञ्चका निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताए । उनका अनुसार पाँच जना महिलालाई बंगुर, एक जनालाई किराना, एक जनालाई होटेल सम्बन्धी, एक जनालाई कस्मेटिक सामाग्री, एक जना महिलालाई सिलाई मेसिन र एक जना महिलालाई माछाका भुरा वितरण गरिएको छ ।
सहयोग पाउने महिलालाई यसअघि सिप विकास सम्बन्धी तालिम दिइएको र उनीहरूको माग अनुसार व्यवसाय सञ्चालन गर्न तथा सञ्चालित व्यवसायलाई प्रवर्द्धन गर्न सामाग्री हस्तान्तरण गरिएको श्रेष्ठले बताए । संस्थाले परिवार केन्द्रित अवधारण अनुरूप द्वन्द्वपीडितलाई आर्थिक सशक्तीकरणका लागि सहयोग गर्ने गरेको उनले बताए ।
सहयोग सामाग्री पाउने महिलाले अव आत्मनिर्भर हुन सहज हुने बताएका छन् । ‘राज्यकै कारण पीडित भएका हामीलाई राजयले कहिल्यै हेरेन,’ शिलादेवी चौधरीले भनिन्, ‘केही काम गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक समस्याका कारण असहज भइरहेको थियो, अव स्वरोजगार बन्ने इच्छा पुरा हुने छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस